ठाकुरबाबा, मंसिर १६ गते / बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका -४ वडा अध्यक्ष पदको पहिलो मतगणनाबाट काङ्ग्रेसले अग्रता लिएको छ ।

ठाकुरबाबा नगरपालिकाको कृषि भवनको मतदान केन्द्रमा ७ सय ४२ र बर्गदा स्थित विद्यालयमा १ ४ सय ९७ मतदान भएको छ ।
कृषि भवनको ७ सय ४२ मतगणना हुदा ७ सय २४ मत सदर भएको थियो ।
जस मध्य नेपाली काङ्ग्रेसको रुख चिन्हले ४ सय ८६ प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रको हसिया हथौड़ाले १ सय २८ मत प्राप्त गरेको छ भने नेकपा एमालेको सुर्य चिन्हले ५९ मत र राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हले ३, नागरिक उन्मुक्ति पार्टीको ढकिया चुनाव चिन्हले ८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी को हलो चिन्हले ४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
अब बाकी रहेको १४ सय ९७ मतको गणना जारी रहेको समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।




