गुलरिया, मंसिर १४ गते / गुलरियामा लङ्गटेनिस कोर्ड को उद्घाटन गरिएको छ। बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित कबर्ड हलको खेल मैदानमा नवनिर्मित टेनिस कोर्टको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । जिल्ला टेनिस संघ बर्दियाले आयोजना गरेको टेनिस कोर्टको उद्धघाटन गुलरिया नगरपालिका उपप्रमुख सावित्रा गौतम र टेनिस संघका पुर्व केन्द्रिय अध्यक्ष मनोज रानाले संयुक्त रुपमा खेल खेली उद्घाटन गर्नु भएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर ४ मा रहेको खेल मैदानमा १४ लाखमा २ वटा लङटेनिस खेल्ने कोर्ट तयार गरिएको जिल्ला टेनिस संघ बर्दियाका अध्यक्ष दिपक शर्माले जानकारी गराउनु भयो । मानिस स्वस्थ्य हुनका लागी खेलको महत्वपुर्ण भुमिका रहने भन्दै सवै खेलका साथै बर्दिया जिल्लालाई टेनिस खेल मार्फत चिनाउने र खेलाडी उत्पादन गर्ने उद्धेश्यले कोर्ट तयार गरिएको शार्माले बताउनु भयो ।




