• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

देशभरका साइक्याट्रिष्टहरु नेपालगन्जमा

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १४, शुक्रबार २१:४२ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+
    बाँके, मंसिर १४ गते / मनोचिकित्सक संघ नेपालको १० औं राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमा सुरु भएको छ । सम्मेलनमा नेपालसहित भारतका साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनमा मानसिक स्वास्थ्य, दुव्र्यसनी, चुनौती र अवसरका विषयवस्तुमा केन्द्रीत रहेर शोधपत्रहरु प्रस्तुत भएको सम्मेलनको संयोजन गर्दै आएका साइक्याट्रिष्ट प्रा.डा मोहन बेल्वासेले जानकारी दिए । प्रत्येक वर्ष संघले आयोजना गर्ने यस्ता सम्मेलनहरुमा मानसिक स्वास्थ्यका विभिन्न आयामबारे प्राप्त अनुसन्धानका विषयमा विचार विमर्श गर्ने गरिएको प्रा.डा बेल्बासेले बताए । पछिल्लो समय दुव्र्यसनका बिषयमा पनि साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञको चासो बढ्दै गइरहेका बेला पश्चिम नेपालमा पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा दुव्र्यसनलाई मानसिक स्वास्थ्यभित्र राखेर उपचार खोजिनु पर्नेमा जोड दिइएको छ । संघका महासचिव डा.मनोज ढुंगानाले पछिल्लो समय दुव्र्यसनका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेकाले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघसंस्था, गृह प्रशासन तथा स्वास्थ्य मन्त्रालयबीच समन्वय गरेर अघि बढ्नुको विकल्प नभएको बताए  ।दुव्र्यसनको लतमा फसेकाहरुलाई सरकारले उपचार भन्दा पनि कानुनी कारवाहीको दायरामा ल्याउने गरेको विद्यमान अवस्था छ । ‘लागु पदार्थ, मदिरा लगायतको सेवन गर्नेलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिने र मुद्दा चलाउने गरेको पाइएको छ डा.ढुंगानाले स्वास्थ्य पेजलाई भने–‘यो दीर्घकालीन समाधान होइन । लतमा फसेकालाई उपचारनै चाहिन्छ । त्यसैले यो सम्मेलनले देखिएका चुनौतीहरुको पहिचान गर्दै समाधानको उपाय समेत सुझाउने छ ।’

    मानसिक स्वास्थ्य अस्पताल ललितपुरका निर्देशक तथा मनोचिकित्सक डा अनन्त अधिकारीले मानसिक स्वास्थ्यको उपचारलाई उपचारको मूल प्रवाहमा ल्याउन सुझाव दिँदै मानसिक रोगका बिरामीलाई समाजले गर्ने विभेद अन्त्यमा जोड दिए । उनले लागुपदार्थ दुव्र्यसनलाई मानसिक स्वाथ्यको रुपमा हेर्ने तथा यसको वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदान गरिने बताए ।

    नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्कीले मानसिक स्वास्थ्यको समस्या जटिल हुँदै गएको उल्लेख गर्दै प्रविधिको विकासले डिजिटल लत मानसिक स्वास्थ्यको चुनौतीको रुपमा अघि आएको बताए । मानसिक स्वास्थ्यका क्षेत्रमा अनुसन्धान र रिपोर्टिङ गर्दै आएका हिमाल गैरे दुव्र्यसनीलाई व्यवहारजन्य रुपमा हेर्नु भन्दा पनि उपचारमा जोड दिन सकियो भने मानसिक स्वास्थ्यको बढ्दो ग्राफलाई रोक्न सकिने बताउँछन् । उनले त्यसका लागि विद्यामान ऐन, नियम र कानुन संशोधनको आवश्यकता समेत औल्याए ।

    भोलिसम्म चल्ने सम्मेलनमा ख्याति प्राप्त विज्ञहरुको कार्यपत्र प्रस्तुत गर्नेछन् । तीन वटा कार्यशालामा पहिलो दिन ३० वटा कार्यपत्र प्रस्तुत गरिएको प्रा.डा बेल्वासेले जानकारी दिए । वुटवल पश्चिम मनोचिकित्सक संघको यो पहिलो राष्ट्रिय सम्मेलन हो ।

    सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले गरेका थिए । उनले मानसिक स्वास्थ्य चुनौतीपूर्ण बनेको भन्दै सरकार गम्भीर रहेको बताए । उनले मानसिक स्वास्थ्यका क्षेत्र हेर्ने मन्त्रालयसँग कुनै विभाग नभए पनि डेस्क स्थापना गरिएको उल्लेख गरे । विभागका लागि पहल भइरहेको पनि उनले बताए । सम्मेलनमा संघले प्रदान गर्दै आएको लाइभ टाइम एचिभमेन्ट अवार्ड यो पटक डा.नवराज कोइरालालाई प्रदान गरिएको छ ।

     

    डा.कोइराला विराट मेडिकल कलेजका विभागीय प्रमुख हुन् । यसैगरी मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुराएको भन्दै टिचिङ हस्पिटलका विभागिय प्रमुख डा.सरोज ओझा र मानव सेवा आश्रम नेपालगन्जलाई पनि सम्मानित गरिएको छ । मनोचिकित्सक संघ नेपालका अध्यक्ष प्रा.डा रवि शाक्यको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा दुई सय बढी साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरुको सहभागिता रहेको छ ।

    Post Views: 277
    प्रकाशित मिति: २०८१ मंसिर १४, शुक्रबार २१:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.