बर्दिया, मंसिर १४ गते / यही मङ्सिर १६ गते आईतबारका दिन ठाकुर नगरपालिका वार्ड नं ४ मा स्थानीय तहको उपनिर्वाचन अन्तर्गत वडा अध्यक्षका लागि हुने निर्वाचनका दिन ठाकुरबाबा नगरपालिकाले सार्वजनिक विदाको घोषणा गरेको छ।


ठाकुरबाबा नगरपालिकालेमंसिर १४ गते आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै निर्वाचनका दिन निर्वाचन आयोग, नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौँ लगायतको आएको पत्रको निर्देशन बमोजिम आज ठाकुरबाबा नगरपालिकाको कार्यालयले गरेको निर्णयबमोजिम सार्वजनिक विदा घोषणा गरिएको ठाकुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। प्रेस विज्ञप्ति मार्फत पालिका मातहतमा रहेका ठाकुर नगरपालिकाको कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरू समेत बन्द रहने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
२०७९ को स्थानीय निर्वाचनमा वडाध्यक्ष विजय भएका नेपाली काङ्ग्रेसका सूर्यबहादुर बिष्ट बर्दिया जिल्ला समन्वय प्रमुख भएपछि सो वडा अध्यक्ष पद हालसम्म रिक्त रहेको थियो। मङ्सिर १६ गते हुने हाल रिक्त रहेको वडाध्यक्ष पदका लागि ६ वटा पार्टीहरूले उम्मेदवारी दिएका छन्।




