गुलरिया, मंसिर १२ गते / बर्दियाको सदरमुकाम गुलरियामा १ लाख ३० हजार पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

गुलरिया नगर खेलकुद विकास समितिको संयोजन तथा गुलरिया नगर ब्याडमिन्टन सङ्घको आयोजनामा यही मङ्सिर २१ गतेदेखि मंसिर २३ गते सम्म मेयर कप खुल्ला एवं बी लेबलको बर्दिया जिल्ला स्तरीय ब्याडमिन्ट प्रतियोगिता हुन भएको छ ।

गुलरिया नगरपालिका वार्ड नं ४ स्थित कवर्ड हलमा हुने यस ब्याडमिन्टन प्रतियोगितामा जिल्ला भित्रका नभई जिल्ला बाहिरका समेत खेलाडीहरूको समेत सहभागिता रहने आयोजक गुलरिया नगर ब्याडमिन्टन संघका अध्यक्ष युवराज श्रेष्ठले बताए ।
गतवर्ष भएको गुलरिया नगर ब्याडमिन्टन संघको आयोजनामा भएको बर्दिया जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सेमीफाइनलमा पुगेका खेलाडीहरूले भने बि लेभलमा टिम इन्ट्री गर्न नपाउने भएका छन् भने टिम इन्ट्री गर्नै परे ए लेभलमा मात्र इन्ट्री गर्न पाउने समेत संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने द्वितीय हुनेले ३१ हजार रूपैयाँ प्राप्त गर्नेछन् साथै बि लेबलमा प्रथम हुनेले २५ हजार रूपैयाँ प्राप्त गर्नेछन भने पनि बि लेभलमा द्वितीय हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगिता भरिमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने राइजिङ खेलाडीले ३ हजार रुपैयाँ प्राप्त गर्ने समेत संघका अध्यक्षले जानकारी दिए।

खुला प्रतियोगितामा सहभागी हुने खेलाडी यदि नेपाल ब्याडमिन्टन सङ्घको राष्ट्रिय रङ्किङ भएकाहरूले प्रतियोगितामा भाग लिन नपाउने समेत आयोजक संघका अध्यक्षले भने ।
रङ्किङ बिना जो कोहि भए पनि नेपालको कुनै पनि जिल्लाको भएपनि खेलाडीहरुलाई सहभागी गराउने समेत उनले भने ।
साथै बि लेबलको प्रतियोगितामा सहभागी हुने खेलाडी बर्दिया जिल्ला कै स्थायी बसोबास भएको हुनुपर्ने समेत उनले जानकारी दिए । टिम दर्ताको लागि ए लेभलको २ हजार रूपैयाँ राखिएको र बि लेबलमा टिम दर्ताका लागि १५ सय रुपैयाँ राखिएको समेत गुलरिया नगर ब्याडमिन्टन सङ्घका अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए। तीन दिनसम्म चल्ने यस प्रतियोगितामा जिल्ला भित्र र जिल्ला बाहिरका गरि करिब ५० वटा भन्दा बढि टिमको सहभागिता रहने अनुमान रहेको समेत संघका अध्यक्ष श्रेष्ठले बताए ।




