• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया क्रिकेट एकेडेमी ए र जनजागृति युवा क्लब मधुबन विजयी

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ मंसिर १२, बुधबार ०१:०६ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर १२ गते / बर्दिया कप क्रिकेट प्रतियोगिताको मङ्सिर ११ गते भएको खेलमा बर्दिया क्रिकेट एकेडेमी (ए)ले बर्दिया एकेडेमी (बि)लाई १५ रनले पराजित गरेको छ भने आजै मंसिर ११ गते भएको दोस्रो खेलमा जनजागृति युवा क्लब मधुबनले कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरियालाई १८ रनले पराजित गरेको छ।

    जिल्ला क्रिकेट सङ्घ बर्दियाको आयोजनामा ८ गतेदेखि सञ्चालन भएको यस प्रतियोगिता अन्तर्गत मङ्सिर ११ गते मङ्गलबार बिहान टस जितेर पहिलो ब्याटिङ गरेको बर्दिया क्रिकेट एकेडेमी ए ले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा १ सय १० रन बनाउन सफल भएको थियो।

    बर्दिया क्रिकेट एकेडेमी ए को तर्फबाट ब्याटिङ गर्दै अर्पण पौडेलले ३४ बलमा ४७ औँ बनाउन सफल भएका थिए भने रुपेश बस्यालले १६ बलमा १७ रन बनाएका थिए।

    बलिङतर्फ बर्दिया क्रिकेट एकेडेमी बि का आर्यन खड्काले ३ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने सेराज भगवानले ३ ओभरमा २० रन दिएर १ विकेट लिन सफल भएका थिए।

    १५ ओभरमा १ सय ११ रनको लक्ष्य लिएर आएको बर्दिया क्रिकेट एकेडेमी बी १५ ओभरमा सात विकेट गुमाएर ८४ रन मात्र बनाउदा बर्दिया क्रिकेट एकेडेमी ए सँग १५ रनले पराजित हुन पुग्यो।

    बर्दिया क्रिकेट एकेडेमी बि बाट ब्याटिङ गर्दै कमल बिष्टले ३१ बलमा ३७ रन बनाए भने रिहानसेकले १४ बलमा १४ रन मात्र बनाए ।

    बलिङतर्फ बर्दिया क्रिकेट एकेडेमी ए का तर्फबाट रजनीश यादवले १ ओभरमा छ रन दिएर १ विकेट  लिए भने रुपेश बस्यालले ३ ओभरमा नौ रन दिएर १ गेट लिएका थिए ।

    खेलमा ३४ बलमा ४७ रन बनाएका बर्दिया क्रिकेट एकेडेमी एका अर्पण पौडेल म्याद म्याच घोषित भएका छन्।

    जनजागृति युवा क्लब मधुबन १८ रनले विजयी

    यसैगरी मङ्सिर ११ गते नै भएको अर्को खेलमा जनजागृति युवा क्लब मधुबनले कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरियालाई १८ रनले पराजित गरेको छ।

    टस जितेर पहिलो ब्याटिङ गरेको जनजागृति मधुवनले २० ओभरमा अल आउट हुँदै १ सय ४६ रन बनाएको थियो । जनजागृतिका तर्फबाट ब्याटिङ गर्दै अङ्कित खड्काले १६ बलमा २८ रन बनाएका थिए भने समिर रानामगरले १७ बलमा २३ रन बनाएका थिए।

    एक दिन अगाडिको म्याचमा छ बलमा छ छक्का प्रहार गरेका निखिल खत्रीले आज १४ बलमा १४ रन मात्र बनाउन सके ।

    जनजागृति युवा क्लबलाई १ सय ४६ सम्म रोक्ने क्रममा बलिङ गर्दै दिनेश रावलले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए भने रोहन गौतमले ४ओभरमा २२ रन दिएर ३ विकेट लिएका थिए।

    १ सय ४७ रनको लक्ष्य लिएर आएको कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरियाले २० ओभरमा सात खेलाडी घुमाएर १ सय २८ सम्म बनाउदा जनजागृति युवा क्लब मधुवन सँग १८ रनले पराजित हुन पुग्यो।

    कृष्णसारका तर्फबाट ब्याटिङ गर्दै सुवेन्दु पाण्डेले ३६ बलमा ४० रन बनाए भने रोहन केसीले २७ बलमा त्रिसन बनाउदा अरु ब्याट्सनहरू चल्न सकेनन् ।

    कृष्णसार युथ स्पोर्ट्स क्लबलाई १ सय २८ रनमा रोक्नको लागि कसिलो बलिङ गर्दै जङजागृति युवा क्लबका सक्रिय कार्कीले ४ ओभरमा २० रन दिएर २ विकेट लिए भने समिर रानामगरले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए।

    दोस्रो खेलमा २३ रन बनाएर दुई विकेट लिएका जनजागृति युवा क्लब मधुबनका समिर रानामगर म्यान द म्याच घोषित भएका थिए। मङ्सिर १४ गते सम्म चल्ने यस बर्दिया कप क्रिकेट टि २० प्रतियोगितामा पाँच वटा टिमको सहभागिता रहेको छ ।

    Post Views: 610
    प्रकाशित मिति: २०८१ मंसिर १२, बुधबार ०१:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.