• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर ११, मंगलवार १३:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाण्डौं, मंसिर ११ गते / कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिमा लगानी दशक घोषणा गर्नुको उद्देश्य यस क्षेत्रका समस्याहरू समाधान गर्नु रहेको बताएका छन् । आज मन्त्रालयमा कृषि विकास रणनीतिको समीक्षा सन्दर्भमा खाद्यका लागि कृषि अभियानको तर्फबाट धारणा प्रस्तुत गर्ने क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषिमा आमूल परिवर्तन ल्याउने उद्देश्यले सरकारले केही प्रमुख कदम उठाउने तयारी गरेको बताएका हुन् ।

    मन्त्री अधिकारीले भने, “अहिले म मन्त्री बनेको बेलामा काम गर्न इच्छाशक्ति छ, तर कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ। बाली भित्राउन तीन चार महिना लाग्न सक्छ त्यसैले कृषिका नीतिका समस्या समाधान गर्न पनि समय लाग्ने कुरा स्पष्ट छ।”

    उनले सरकारले आत्मनिर्भरता हासिल गर्ने तरिकाले काम गर्न खोजेको र यसका लागि दीर्घकालीन सोच र योजनाहरू बनाएको बताए ।

    मन्त्री अधिकारीका अनुसार मुलुकको समग्र अवस्था र राजनीतिक स्थितिका बिच आर्थिक अवस्थाले धेरै हदसम्म सीमितता ल्याएको छ, जसका कारण इच्छा र आवश्यकतालाई पूरा गर्न केही समस्या आइरहेका छन्।

    अर्को वर्षको रणनीतिक र गन्तव्य तयार गर्दै कृषि मन्त्रालयले केही नयाँ योजनाहरू बनाइरहेको छ। मन्त्री अधिकारीले आगामी वर्षका लागि प्रस्ताव गरिएका योजनाहरूको सम्बन्धमा कृषक र कृषिविद् विशेषज्ञहरूको सुझाव महत्त्वपूर्ण हुने बताएका छन्।

    उनले भने, “हामीले आगामी वर्षका लागि नयाँ रणनीति र योजनाहरू तयार गर्दैछौं र यसमा तपाईंहरूको सुझाव र योगदान आवश्यक छ। कृषिमा हुने समस्याहरूको समाधान गर्न र कृषि क्षेत्रमा प्रगति ल्याउनका लागि सबैको साथ र सहयोग आवश्यक छ।”

    मन्त्री अधिकारीको भनाइमा कृषिमा गर्ने सुधारका लागि दीर्घकालीन र व्यावहारिक उपायहरू अपनाउनुपर्ने महत्त्व उल्लेख गरिएको छ। साथै, उनले कृषिमा गरेको लगानी र सुधारको प्रक्रियामा सरकारले कृषकहरूलाई प्राथमिकता दिने कुरा पनि पुष्टि गरे।

     

     

     

    साभार रातोपाटी

    Post Views: 190
    प्रकाशित मिति: २०८१ मंसिर ११, मंगलवार १३:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.