• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दलित बस्तीमा सिरक वितरण

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर ११, मंगलवार १०:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लहान, मङ्सिर ११ गते / लहान नगरपालिका –२० र सखुवानन्कारकटि गाउँपालिका –३ का मुसहर बस्तीमा रोटरी क्लव अफ लहानले सिरक वितरण गरेको छ । मङ्सिर पहिलो सातादेखि नै चिसो बढ्न थालेकाले मुसहर बस्तीका दुई सय घर परिवारमा फइवरको सिरक वितरण गरिएको क्लवका अध्यक्ष अभिषेक रोशनले जानकारी दिनुभयो ।

    दि नेपाल डिष्ट्रिलिज प्रइभेट कम्पनि लिमिटेडको आर्थिक सहयोगमा सिरक वितरण गरिएको जानकारी उहाँले दिनुभयो । सिरक वितरण कार्य स्थानीय सरकासँग समन्वय गरेर अति विपन्न दलित बस्ती लहान नगरपालिकाको वडा नम्बर २० हरिनगरा र लहान नगरपालिसँगै सिमाना जोडिएको सखुवानन्कारकटि गाउँपालिका–३ मिर्जापुरका मुसहर समुदायको बस्तीमा वितरण गरिएको क्लवका अध्यक्ष रोशनले बताउनुभयो ।

    सिरक पाएका सखुवानन्कारकटि –३ मिर्जापुरका बद्री सदाय भन्नुहुन्छ, ‘‘यस वर्ष सुरुमै न्यानो सिरक पाएपछि मुसहर समुदाय हर्षित भएका छौं । वृद्ध बालबालिकाका लागि सिरक अति नै उपयोगी हुन्छ । सिरकका लागि पहल गर्ने गाउँपालिका र उपलब्ध गराएको रोटरी क्लवलाई हाम्रो तर्फबाट धन्यवाद छ ।’’

    शितलहर चलेपछि न्यानो लुगा वितरण गर्नुभन्दा सुरुवातमा वितरण कार्य अति नै उपयोगी भएको लहान–२० का वडाध्यक्ष गणेशकुमार चौधरीले बताउनुभयो । उहाँले यस वडामा रहेका सम्पूर्ण दलित विपन्न समुदायलाई शितलहरबाट जोगाउन पूर्व तयारीअन्तर्गत पहिलो चरणमा सिरक वितरण गरिएको सुनाउनुभयो ।

    उहाँले भन्नुभयो, ‘‘लहान नगरपालिकामा रहेको विपद् व्यस्थापन समिति यस पटक देखाएको सक्रियताले उचित समयमा पीडित लक्षित समुदायले राहत पाउनेछ । यो कार्य प्रशंसनीय र उपयोगी रहेको छ ।’’

    यता सखुवानन्कारकटि गाउँपालिका वडा नम्बर –३ का वडाध्यक्ष भोगेन्द्रप्रसाद यादवले यस वडामा रहेको मिर्जापुर र पोर्ताहामा गरी दुई सय घरपरिवार मुसहर समुदायको बस्ती रहेको बताउनुभयो । ‘‘दुई सय परिवार मुसहर समुदायका लागि न्यानो लुगाका लागि पहल गर्ने क्रममा रोटरी क्लवले गरेको सहयोगबाट आफू प्रेरित भई अन्य सहयोगी संघ संस्थाहरुसँग समन्वय गरी समयमै राहत पुर्याउने छौं’’,उहाँले भन्नुभयो ।

     

     

     

    साभार गोरखापत्र

    Post Views: 230
    प्रकाशित मिति: २०८१ मंसिर ११, मंगलवार १०:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.