• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राजापुर नगरपालिका द्वारा कृष्णसार युथ स्पोर्ट्स क्लब ८५ रनले पराजित

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ मंसिर १०, सोमबार २१:५५ प्रकाशित
    Oplus_0
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर १० गते / बर्दियाको गुलरियामा जारी बर्दिया कप क्रिकेट टि२० प्रतियोगिताको आज भएको दोस्रो खेलमा राजापुर नगरपालिकाले कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरिया लाई ८५ रनले पराजित गरेको छ।

    जिल्ला क्रिकेट सङ्घ बर्दियाद्वारा आयोजित यस प्रतियोगिताको आज तेस्रो दिनको दोस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको राजापुर नगरपालिकाले १८ ओभरमा आठ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो। राजापुरका लागि सिद्धान्तराज शाहीले १९ बलमा २८ रन बनाएका थिए भने लवकुश यादवले १२ बलमा २७ रन र अजय साहनीले १५ बलमा २० रन बनाएका थिए। बलिङतर्फ कृष्णसारका अनुज सिंहले ४ ओभरमा २४ रन दिएर तीन विकेट लिएका थिए भने निखिल गुप्ताले ४ ओभरमा ३२ रन दिएर दुई विकेटका साथै सुदीप रानाले ३ ओभरमा १८ रन दिएर २ विकेट लिए।

    १८ ओभरमा १ सय ३७ रनको लक्ष्य लिएर आएको कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरियालाई राजापुर नगरपालिकाका बलर सिद्धान्त राज शाही र अजय शाहानि आकर्षक बलिङले कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरियाका सबै खेलाडी १४.४ ओभरमा ५१ रनमा अल आउट भएका थिए ।

    कृष्णसारको तर्फबाट ब्याटिङ गर्दै निखिल गुप्ताले १२ बलमा १० रन मात्र जोड्न सफल भएका थिए भने अन्य ब्याटरहरूले दोहोरो अङ्क समेत जोड्न सकेका थिएनन्।

    राजापुर नगरपालिकाबाट किफायती बलिङ गर्दै सिद्धान्तराज शाहीले ३.४ ओभरमा ५ रन दिएर ४ विकेट लिएका थिए भने अजय साहनीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिएका थिए।

    आजको खेलमा ४ विकेट र २८ रन बनाएका राजापुर नगरपालिकाका सिद्धान्तराज शाही म्यान अफ द म्याच घोषित भएका थिए।

    भोलि मंसिर ११ गते को पहिलो खेल बिहान ८:३० बजे बर्दिया क्रिकेट एकेडेमी ए र बर्दिया क्रिकेट एकेडेमी बी बीच हुनेछ भने दोस्रो गेम १२:३० बजे कृष्णसार युथ स्पोर्ट्स क्लब गुलिया र जनजागृति युथ क्लब मधुबन बीच हुने जिल्ला क्रिकेट सङ्घ बर्दियाका सदस्य सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।

    Post Views: 568
    प्रकाशित मिति: २०८१ मंसिर १०, सोमबार २१:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.