• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

निखिलको विस्फोटक ब्याटिङले जनजागृति युवा क्लब मधुवनको पहिलो जित विजयी

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ मंसिर १०, सोमबार १५:४९ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर १० गते / बर्दिया कप क्रिकेट टिटन्टी प्रतियोगिताको आज मङ्सिर १० गते भएको पहिलो खेलमा जनजागृति युवा क्लब मधुवनले बर्दिया क्रिकेट एकेडेमी (बि)लाई ३० रनले पराजित गरेको छ।

    ढिलो गरी गेम सुरु भएपछि १७ ओभर छुट्याएको खेलमा बर्दिया क्रिकेट एकेडेमी (बि)ले टस जितेर फिल्डिङ रोजेको थियो। टस हारेर पहिलो ब्याटिङ गर्न आएको जनजागृति युवा कप मधुबनले निर्धारित १७ ओभरमा निखिल खत्रीको विस्फोटक ५५ रनको मद्दते सात विकेटको क्षतिमा १ सय २८ रनको विशाल स्कोर खडा गरेको थियो।

    ६ बलमा ६ छक्का प्रहार गर्दै म्यान अफ द म्याच भएका निखिल खत्री/ तस्बिर-दीपकलाल श्रेष्ठ

    निखिलले बर्दिया एकेडेमी का कप्तान निश्चल बगालेको एक ओभरमा छ छक्का प्रहार गरेका थिए। यसै गरि राहुल मण्डलले २६ बलमा २६ रन अभिषेक राठोरले १२ बलमा १३ रनको योगदान दिएका थिए। बर्दिया एकेडेमीको बलिङतर्फ सम्यक थापाले ३ ओभरमा १४ रन दिएर दुई विकेट लिएका थिए भने जुनेर खानले ४ ओभरमा १९ रन दिएर दुई विकेट लिए।

    १ सय २९ रनको विजयी लक्ष्य लिएर आएको बर्दिया एकेडेमी बिले १६ ओभरमा ९८ रनमा अलआउट हुदा जनजागृति युवा क्लब मधुवन ३० रनले विजयी भयो। बर्दिया एकेडेमीको तर्फबाट कमल बिष्टले ३१ बलमा ४४ रन बनाए भने सरोज भगवानले २० बलमा २१ रनको योगदान दिए।

    बलिङ तर्फ जनजागृति युवा क्लब मधुवनका तर्फबाट निखिल खत्रीले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए । साथै समिर रानाले दुई ओभरमा १२ रन दिएर एक विकेट लिन सफल भएका थिए।

    आजको खेलमा आकर्षक ५५ रन र बलिङ गर्दै २ विकेट लिएका जनजागृति युवा क्लबका निखिल खत्री म्यान अफ द म्याच घोषित भएका थिए ।

    Post Views: 919
    प्रकाशित मिति: २०८१ मंसिर १०, सोमबार १५:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.