• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मधुवनका महिलालाई कपासबाट धागो बनाई कपडा बुन्ने तालिम

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ मंसिर १०, सोमबार १०:१६ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, मङ्सिर १० गते / बर्दिया जिल्लामा वन्यजन्तुबाट सबैभन्दा प्रभावित रहेको पालिका मध्येको एक मधुवन नगरपालिकाको वडा नम्बर १ स्थित पत्थरबोजीका महिलाहरूलाई कपासबाट धागो बनाई कपडा बनाउने तालिम सञ्चालन गरिएको छ। खाता कोरिडोरको बीचमा रहेको यस गाउँ पत्थरबोजिमा हरेक दिन जस्तो वन्यजन्तुले दुःख दिने गरेका छन्। यस मधुबन नगरपालिका वार्ड नं १ स्थित पत्थरबोजी गाउँका मानिसहरूको प्रमुख आयआर्जन भनेको कृषि सँगै घरपालुवा जनावर पाल्ने चलन रहिआएको र यही घरपालुवा जनावरको लागि प्रमुख आहारा भनेकै वन्यजन्तुको प्रमुख बासस्थान नजिकै रहेको वन जङ्गलमा चरिचरणका लागि लैजाने गर्दा जङ्गलमा उच्चतम मानव र वन्यजन्तुको द्वन्द्व निरन्तर रहिआएकोले जङ्गल जान वातावरण नरहने गरि घरै बसेर काम गर्न मिल्ने गरि कपासबाट धागो बनाई कपडा बुन्ने तालिमको आयोजना गरिएको मधुबन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बताए ।

    तालिमपछि तालिमको सदुपयोग गराउनको लागि चाहिने कच्चा पदार्थ र उत्पादन भएको कपडाहरुको बजारीकरण लागि समेत सहजीकरण गर्ने समेत नगरप्रमुख भाटले भने ।

    यही मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि आयआर्जनका लागि हात तिम्रो साथी परियोजना अन्तर्गत मधुबन नगरपालिका वार्ड नं १ मा कपासबाट धागो बनाई कपडा बुन्ने तालिमको आयोजना गरिएको उज्यालो नेपालका प्रमुख नवराज न्यौपानीले जानकारी दिए।

    यस किसिमको तालिम दिएर कपासबाट कपडाहरू उत्पादन गर्न लगाएर स्थानीयको आयर्जनमा सपोर्ट हुने समेत उज्यालो नेपालका प्रमुख न्यौपानेले जानकारी दिए। तालिममा २० जना महिलाहरूको सहभागिता रहने र यो तालिम ४५ दिनसम्म सञ्चालन हुने समेत न्यौपानीले बताए।

    यो योजना मधुवन नगरपालिका, डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज खाता सामुदायिक वन समन्वय समिति बर्दिया र ओझान नेपालको सहजीकरणमा सञ्चालन भएको समेत उनले बताए।

    Post Views: 265
    प्रकाशित मिति: २०८१ मंसिर १०, सोमबार १०:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.