पोखरा, मंसिर ९ गते / सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारै जना थप १५ दिन हिरासतमै रहने भएका छन् ।कास्की जिल्ला अदालतका न्यायाधीश भीमलाल बेलबासेकाे इजलासले रविसिहत चारै जनालाइ १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका चारै जनालाई म्याद थपका लागि आज बिहान १० बजे नै कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनालकाे म्याद थपिएकाे हाे ।कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो ।
कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप भएकाे थियाे ।
यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्याइएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा उनीसँग चार दिनमा करिब २२ घण्टा लगाएर बयान लिइएको थियो । बयानमा क्रममा सोधिएका ६० प्रश्नमा उनले इन्कारी जवाफ दिएको बताइन्छ ।
रविलाइ केही दिनमै काठमाडौँ लैजाने तयारी छ । सहकाी ठगीमा लामिछानेलाई बयानका लागि काठमाडौँ पठाउने विषयमा छलफल भइरहेको डीएसपी वसन्तकुमार शर्माको भनाइ ।
काठमाडौँमा जोशीको भने बयान लिइसकेको छ । जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई कात्तिक २५ छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो ।
यस्तै, सूर्यदर्शन सहकारीको रकम अपचलनमै कास्की प्रहरी हिरासतमा रहेका लीला पछाइ र व्यवसायी रामबहादुर खनाललाई पनि अदालतले कात्तिक २५ गते १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
सूर्यदर्शन सहकारीकै रकम अपचलन आरोपमा कुमार रम्तेल पनि कास्की प्रहरी हिरासतमै छन् । उनीमाथि पनि अनुसन्धान जारी छ । उनलाई काठमाडौँमा बयान सकेर केही दिन अघि नै कास्की फर्काइएको थियो ।
लाछिानेसहितलाई अदालत पुर्याइएसँगै शहीदचोक, राष्ट्रबैंकचोक, वाईचोक, बैदाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियाे । यी क्षेत्रमा सयौँका सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियाे । सुरक्षाकर्मीले त्यस क्षेत्रमा सवारी सञ्चालनमा पनि रोक लगाएको थियाे ।
साभार हाम्राकुरा




