कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त मेयरमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संसदीय समितिको शनिबार बसेको बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले बताए । उनी कांग्रेसको कीर्तिपुर नगर कार्यसमिति सभापति समेत हुन् । उक्त पदका लागि यही १६ मंसिरमा उपनिर्वाचन हुँदैछ ।
कीर्तिपुर नगरपालिकामा ०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुर मेयरमा अन्य दलले यसअघि नै उम्मेदवार छनोट गरिसकेका छन् ।




