• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालगन्जबाट यातायात कार्यालय सर्ने हल्ला मात्र हो: मन्त्री न्यौपाने

  •  कमल खत्री
  • २०८१ मंसिर १, शनिबार १०:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके, मंसीर १ गते / लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालगन्जबाट यातायात कार्यालय सर्न लागेको हल्ला मात्र भएको बताउनु भएको छ ।

    नेपालगन्ज उपमहानगरपालिकामा भएको छलफलका क्रममा मन्त्री न्यौपानेले नेपालगन्जमा यातायात कार्यालय सर्ने नभएर कोहलपुरमा सेवा कार्यालय विस्तार गर्न लागिएको बताउनु भयो ।

    उहाँले भन्नु भयो,‘यो हल्ला कसरी आयो मलाई थाहा छैन । मलाई धेरैले फोन गर्नु भएको छ । सरकारी स्तरबाट कहीँ कतै नेपालगन्जबाट कार्यालय सार्ने बारेमा निर्णय भएको छैन । बरु नेपालगन्जको कार्यालयलाई बरु अहिले सहज हुने ठाउँमा हुनु पर्छ भन्ने हो ।’

    कोहलपुरमा सेवा कार्यालय विस्तार गरेर राजमार्ग क्षेत्रमा सवारीसाधान नवीकरण, राजस्व तिर्नका लागि सेवाग्राहीलाई सहज होस भनेर सेवा कार्यालय खोल्नमा सहयोग गर्ने तयारी भएको मन्त्री न्यौपानेले बताउनु भयो । नेपालगन्जमा रहेको यातायात कार्यालय हाल भाडाको घरमा रहेको छ ।

    नेपालगन्जको कबुलियतनामा रहेको कार्यालय आम नागरिकका लागि सहज ठाउँमा नभएको भन्दै विरोध हुँदै आएको छ । यातायात कार्यालयका प्रमुखले राजनीतिक प्रभाव र आर्थिक लोभमा यातायातको कार्यालयलाई जनताको पाएक नपर्ने ठाउँमा सारेको नेपालगन्जका स्थानीयहरूले आरोप लगाउँदै आएका छन् ।

    छलफलका क्रममा नेपालगन्ज उपमहागरपालिकाका मेयर प्रशान्त विष्टले यातायात कार्यालयका लागि जग्गा उपलब्ध गराउनका लागि कार्यदल बनाएर काम गर्ने बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘हामी छिटै उपयुक्त ठाउँ खोजेर यातायात कार्यालयलाई उपलब्ध गराउनेछौँ । बाँकेको सदरमुकाम नेपालगन्जबाट यातायात कार्यालय सार्ने कुरा कदापि राम्रो होइन । बरु अन्य ठाउँमा सेवा विस्तार हुनु राम्रो हो । त्यसमा हाम्रो कुनै आपत्ति छैन ।’

    नेपालगन्ज उप महानगरपालिकाको कार्यालयमा भएको छलफलमा १ नम्बर वडा अध्यक्ष प्रमोद रिजाल, १८ नम्बर वडा अध्यक्ष दीपक बर्माले यातायात कार्यालय नेपालगन्जबाट सार्ने षडयन्त्र भइरहेकोले यस्तो नगर्न मन्त्रीलाई आग्रह गर्नु भएको थियो ।

     

     

     

    साभार/गोरखापत्र /कमल खत्री

    Post Views: 204
    प्रकाशित मिति: २०८१ मंसिर १, शनिबार १०:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.