• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सडक दुर्घटना पछि उद्धारको नमूना अभ्यास गरे सुरक्षाकर्मीले

  •  माउण्टेन संवाददाता
  • २०८१ आश्विन २१, सोमबार ०८:०४ प्रकाशित
    oplus_0
    • अ-
    • अ
    • अ+

    गुलरिया / बर्दियाको गुलरिया नगरपालिका बडा नं ८ स्थित एक स्थानको सडकमा दुईटा बसहरू एकआपसमा ठोक्किएर दुर्घटना भएको दृश्य देखियो। दुर्घटना भए लगत्तै बसमा रहेका यात्रुहरूको कोलाहाल सुनिरहेको थियो। अन्य स्थान जस्तै दुर्घटना पछि देखिने अवस्था देखिएको थियो। सबैजना बसमा यात्रामा रहेकम मानिसहरू चिच्याइरहेका थिए भने कोही बसबाट रगताम्य भएर महिला पुरुषहरू बाहिर निक्लिरहेको अवस्था देखिएको थियो । लगत्तै सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोलीले सो सडक दुर्घटना भएको स्थानमा आएर दुर्घटना पछि घाइतेको भएका मानिसहरूको उद्धार कार्यमा लागेको देखियो । उद्धारका क्रममा सुरक्षाकर्मीको टोलीले घाइतेहरूलाई सुरक्षित स्थानमा ल्याएर राखेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई सुरक्षित स्थानमा राखिसकेपछि सो दुर्घटना भएको सो स्थानको एरियालाई सुरक्षाकर्मीले घेरेर नियन्त्रण लिएर अनुसन्धान गरिरहेको देखियो।सडक दुर्घटनामा घाइते भएकाहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित स्थानमा राखेर प्राथमिक उपचार दिएर घाइतेहरू मध्य सख्त घाइतेहरूलाई दुईवटा एम्बुलेन्समा राखेर अस्पतालतिर पठाइरहेको पनि दृश्य देखिएको थियो भने बाँकी रहेका घाइतेहरूलाई सुरक्षाकर्मीहरूले आफ्नै सवारी साधनमा राखेर थप उपचारका लागि लगिरहेको देखिएको थियो । सडक दुर्घटनामा घाइतेहरूको उद्धार लगत्तै ट्राफिक प्रहरीले दुर्घटनाको अवस्थाको बारेमा नाम जाँच गर्दै थियो भने दुर्घटनापछि बाटोमा रहेका ती सवारी साधनलाई सुरक्षाकर्मीले बाटो खुलाउनको लागि दुईवटै बसहरूलाई साइड लगाउँदै थियो। यो अभ्यास कार्य सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर गुलरियाको नेतृत्वमा स्थानीय ब्यक्ति, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीले कसरी छिटो भन्दा छिटो उद्दार कार्यमा खट्न सकिन्छ भन्ने उद्देश्यका साथ सडक दुर्घटना उद्धार सिमुलेसन अभ्यास कार्य गरेको हो ।
    सडक दुर्घटनापछिको सुरक्षाकर्मीहरूले गरेको सो उद्धार कार्य अभ्यास नियालिरहेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्ला समन्वय समिति बर्दियाका प्रमुख श्रीबहादुर बिष्ट र गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव जिल्ला प्रहरी कार्यालयका प्रमुख केदार खनाल सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर गुलरियाका प्रमुख प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कठायत लगायत स्थानीयहरूको उपस्थित रहेको थियो।

    सडक दुर्घटनापछि उद्धार कार्यको अवस्थाको बारेमा गरिएको प्रयास स्थानीयहरूले पनि गहिरिएर हेरिरहेका थिए।
    पूर्व जानकारी विना हुने दुर्घटनाले पुर्याउने क्षतिको आकलन नहुने भएकाले दुर्घटना पश्चात उद्धारमा कसरी सहभागि हुने र पेशागत दक्षतालाई समयानुकुल कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा घटना अभ्यासमा देखिएको थियो ।
    चाडपर्वको समयमा सडकमा सवारीको चाप बढे संगै दुर्घटना हुनसक्ने विषयलाई आकलन गरेर सुरक्षाकर्मी र स्थानीयहरुले दुर्घटना दुर्घटनापछि सम्भावित उद्धारको बारेमा देखाउँदै कसरी मानवीय क्षति कम गराउन सकिन्छ भनेर जस्ताको त्यस्तै घटना उजागर गरेर जनचेतना फैलाउने काम गरेकोमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी धन्यवादको पात्र रहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए ।

    बर्दिया जिल्लामा सडक दुर्घटनामा गत बर्षको तथ्याङ्क हेर्दा ७५ वटा सवारी साधन दुर्घटना भएको बर्दिया ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ । गत बर्ष सडक दुर्घटनामा परि २६ जनाले ज्यान गुमाएका थिए भने सडक दुर्घटनामा ९९ जना घाईते भएका थिए । यसै आर्थिक बर्षको साउन र भदौ २ महिनाको तथ्याङ्कले ४ वटा सडक दुर्घटनामा परि ३ जनाले ज्यान गुमाएका छन् भने ३ जना घाइते भएको बर्दिया ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
    सडक दुर्घटना पछि उद्धार घटना अभ्यासका क्रममा देखिएको सिप र कौशलता प्रतिकार्य अभ्यासले सबै जिम्मेवार निकायको जिम्मेवारी स्पष्ट गर्न मद्दत पुगेको कुरामा घटना प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा बताइन । बास्तविक सडक दुर्घटना भयो भने कसरी समन्वय, संचार र उद्दार गर्न कसरी जुट्ने कुरा घटना अभ्यासले देखाएको समेत प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो । सडक दुर्घटनाबाट हुन मानवीय तथा जनधनको क्षतिलाई न्युनिकरण गर्न सडक सुरक्षा तथा सडक सुधार कार्यक्रम ल्याएको र दुर्घटना जोखिम न्युनिकरणका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पक्षलाई जागरुक बनाइरहेको समेत शर्माले भन्नु भयो । मानवीय कमी कमजोरीका कारण नै सडक दुर्घटना तथा विपत निम्तिरहेकाले हामी सबै सम्बन्धित पक्ष सजग हुन सकेमा विपत जोखिम कम गर्न सकिने प्रमुख जिल्ला अधिकारी शर्माले भनिन् ।

    Post Views: 300
    प्रकाशित मिति: २०८१ आश्विन २१, सोमबार ०८:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.