• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक धितालले गरे आफ्नो कार्यकालको समिक्षा

  •  माउण्टेन संवाददाता
  • २०८१ आश्विन १४, सोमबार ०८:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया जिल्ला प्रहरी कार्यालयले गरेका कार्यका बारेमा असोज १३ गते  सम्पन्न पत्रकार संगको छलफलमा प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले आफ्नो कार्यकालमा भएका महत्त्वपूर्ण उपलब्धिहरूको प्रतिवेदन सार्वजनिक गरेका छन्। मिति २०८१ साल फागुन ९ गतेदेखि हालसम्म बर्दिया जिल्लामा भएका अपराध नियन्त्रण, अनुसन्धान र समन्वयात्मक कार्यहरूको प्रगति विवरण प्रस्तुत गर्दै, एसपी धितालले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी कार्यालयको निरन्तर सक्रियता रहेको बताएका छन्।

    धितालको कार्यकालमा बर्दिया जिल्ला प्रहरी कार्यालयले विभिन्न प्रकारका आपराधिक घटनाहरूमा महत्त्वपूर्ण प्रगति गरेको छ। घटनाक्रममा नौ वटा जबरजस्ती करणी सम्बन्धी मुद्दाहरूमा नौजना पुरुष प्रतिवादी पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ, जसमा सबै आरोपीहरूलाई जिल्ला अदालतले कारागार चलान गरेको छ। त्यस्तै, नौ वटा चोरीका घटनामा १० जना पुरुष प्रतिवादी पक्राउ गरिएका छन्, जसमा ८ जना धरौटीमा रिहा भएका छन् भने २ जनालाई जेल चलान गरिएको छ। पुरातात्विक वस्तुसम्बन्धी कसुरमा एक जना भारतीय नागरिकलाई पक्राउ गरी अदालतले जेल चलान गरेको छ।

    अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन प्रहरीले जिल्लाका संवेदनशील स्थानहरूमा सिसिटिभी जडान गर्ने अभियानलाई प्राथमिकता दिएको छ। गुलरिया नगरपालिका र अन्य स्थानहरूमा २४ वटा सिसिटिभी जडान गरिएका छन् भने सानोश्री र ढोटरीमा थप १० वटा सिसिटिभी राखिएको छ। यसले अपराध न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरे।

    धितालको कार्यकालमा विभिन्न मुद्दामा फरार रहेका १ सय ३८ जना अभियुक्तहरूलाई पक्राउ गरिएको छ। यी अभियुक्तहरूमा १ सय वर्ष ८ महिना कैद सजाय भुक्तान गर्नु पर्नेछ भने जरिवाना बापत १ लाख ५२ लाख १० हजार ३ सय ७३ रुपैयाँ असुल गरिनुपर्ने छ । यस उपलब्धिले कानूनी कारबाहीमा प्रहरीको प्रतिबद्धता र अपराधीलाई कानूनी दायरामा ल्याउने प्रयासलाई प्रस्ट्याउँछ।

    बर्दिया जिल्लामा वन पैदावार चोरी नियन्त्रणको लागि प्रहरीले ४ सय ४३.२५ क्युबिक मिटर काठ नियन्त्रणमा लिएको छ। अवैध वन पैदावार चोरी रोक्न प्रहरीले ६ जना मानिसलाई पक्राउ गरेको छ भने काठ, मोटरसाइकल र अन्य सामग्री समेत नियन्त्रणमा लिएको छ। भन्सार चुहावटको नियन्त्रणमा पनि प्रहरी सक्रिय रहेको छ, जसअन्तर्गत २ सय १ पटक भन्सार नियन्त्रण गरिएको र अन्दाजी १ करोड २२ लाख २ हजार ७ सय ४२ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।

    धार्मिक तथा सांस्कृतिक विविधता रहेको बर्दिया जिल्लामा मेला पर्वका समयमा जातीय द्वन्द हुन नदिन प्रहरीले सुरक्षा योजना बनाई सुरक्षा व्यवस्था मिलाएको छ। साथै, विभिन्न महत्त्वपूर्ण व्यक्तिहरूको सुरक्षा पनि प्रभावकारी रूपमा गरिएको छ।

    प्रहरी कार्यालयले जनचेतना बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। यस्तै लागु औषध दुव्र्यसनी, विपद् व्यवस्थापन, आत्महत्या रोकथाम, बालविवाह न्यूनीकरण लगायतका विषयमा ९ सय ४२ वटा जनचेतनामूलक कार्यक्रम गरिएको छ, जसमा १७ हजार ४ सय ५८ जना सहभागी भएका छन्। गाँजा फडानी अभियानमा ३५ पटक अभियान सञ्चालन गरी २० बिगाहा १७ कट्ठा क्षेत्रफलमा फैलिएको गाँजा नष्ट गरिएको बताए ।

    धितालको कार्यकालमा २ सय १६ जना हराएका महिला, बालबालिका, र जेष्ठ नागरिकहरूको खोजीकार्य भइरहेको छ। ती मध्ये १ सय ९७ जना फेला परेका छन् भने १९ जनाको खोजीकार्य जारी छ। यसले हराएका व्यक्तिहरूको खोजी कार्यमा प्रहरीको सक्रियता देखाउँछ।

    प्रहरीले विभिन्न निकायहरूसँग समन्वय गरी जिल्लामा अपराध नियन्त्रण तथा जनसुरक्षा कार्यक्रम सञ्चालन गरेको छ। गुलरिया नगरपालिकाको सहयोगमा १८ वटा Fire Extinguisher खरिद गरी प्रहरी युनिटहरूलाई प्रदान गरिएको छ। यसका साथै ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षाका लागि आवश्यक पर्ने उपकरणहरू पनि वितरण गरिएको छ।

    जिल्ला प्रहरी कार्यालयले ६ हजार ६ सय ९१ वटा सवारी साधनमा कारबाही गरी ४८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। ट्राफिक उल्लङ्घन गर्ने सवारीसाधनहरूमा कडाई गरिएको र ट्राफिक सुरक्षामा प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन प्रयास गरिएको छ।

    एसपी धितालले सृजनशील कार्यक्रमको अन्तर्गत मासिक रूपमा उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइएको छ। साथै, हराएका मानिसहरूको जानकारीको लागि बारकोड प्रणालीको प्रयोग गरिएको छ। यसले हराएका व्यक्तिहरूको खोजी कार्यलाई थप सघाउ पुर्याउने अपेक्षा गरिएको छ।

    प्रहरी उपरीक्षक प्रविन धितालको नेतृत्वमा बर्दिया जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रण, अपराधीको पहिचान, सुरक्षा व्यवस्था र जनचेतनामूलक कार्यक्रमहरूमा प्रभावकारी भूमिका निर्वाह गरेको छ। अपराध न्यूनीकरणमा प्रविधिको प्रयोग, फरार अभियुक्तहरूको पक्राउ, जनसुरक्षाका लागि समन्वयात्मक कार्यहरू, र विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रमहरूले बर्दिया जिल्लामा शान्ति सुरक्षा कायम राख्न सहयोग पुगेको देखिएको छ ।

    Post Views: 270
    प्रकाशित मिति: २०८१ आश्विन १४, सोमबार ०८:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.