• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कर्णाली नदिको पानी बर्दिया राजापुरको गाउँमा पस्दा सय भन्दा बढि घर डुवानमा

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २८, शुक्रबार २३:४७ प्रकाशित
    oplus_0
    • अ-
    • अ
    • अ+

    बर्दिया, भाद्र २८ गते / कर्णाली नदीको बहावले उच्च सतर्कता पार गरेर कर्णाली नदि बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा पानी पस्दा करिब एक सय घर परिवार त्रिपाल मुनी बस्न बाध्य भएका छन । बिगत केहि दिन देखिको बर्षा संगै कर्णाली नदिको बहाव बढेर खतराको चिन्ह भन्दा माथिबाट पानी बग्न थाले पछि स्थानीयलाई कर्णाली नदि कै अग्ला तटबन्धनका ड्याममा त्रिपाल मुनी राखिएको राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले जानकारी दिए ।

    कर्णाली नदिमा आएको बाढीले बर्दियाको राजापुर नगरपालिका बडा नं १ को दौलतपुर गाँउमा ३६ परिवार र चनौरा गाँउमा ४४ परिवार गरि करिब एक सय घर डुवानमा परेको समेत नगरप्रमुख दिपेश थारुले बताए ।
    दिनको समयमा कर्णालीमा आएको बाढीले विस्थापित भएकाहरु सुरक्षित स्थलमा त्रिपाल मुनि आश्रय लिएर बसेको समेत थारुले जानकारी दिए ।

    अहिले साझको समयमा नदिमा पानी घटे पनि धेरैजसोको घरमा क्षति पुगेकाले तत्काल फर्कने अवस्था नभएको समेत थारुले भने । उनले विस्थापितका लागि शनिबार बिहानबाट राजापुर नगरपालिकाले खानेकुराको व्यवस्था गर्ने बारेमा समेत जानकारी दिए ।

    बाढी प्रभावित क्षेत्रबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, राजापुर नगरपालिका र स्थानीयको सहयोगमा तटीय क्षेत्रका मानिसहरुलाइ उद्दार गरी सुरक्षित स्थानमा राखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिनु भयो ।

    oplus_0

    सुरक्षित स्थानमा रहेका बाढि प्रभावितहरु हाल राजापुर नगरपालिकाको सहयोगमा त्रिपाल र पानी लगाएतको व्यवस्थापन गरिएको समेत प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

    कर्णाली नदिको पानी राजापुरको बस्ती तिर आउदै गरेको जानकारी प्राप्त भए संगै प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा सहित बर्दिया प्रहरी प्रमुख, बर्दिया सशस्त्र प्रहरी प्रमुख लगाएतको जिल्लाको सुरक्षाको सयुक्त टोलिले सम्भावित बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो ।

     

    Post Views: 310
    प्रकाशित मिति: २०८१ भाद्र २८, शुक्रबार २३:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.