बर्दिया भाद्र २८ गते / सशस्त्र प्रहरीले बर्दियाकाे बढैयाताल गाउँपालिका वार्ड नं २ फुटाहाबाट बिहिवार भारत बाट नेपाल तर्फ आउदै गरेका दुई व्यक्तिलाई अन्दाजी ५ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी नगरपालिका ०३ कैलालीका बस्ने २६ बर्षिय मनोज ऐरी र खजुरा गाउँपालिका ९ बाँकेका २७ बर्षिय नविन हमाललाई पक्राउ गरेकाे छ। सशस्त्र प्रहरीले उनिहरूकाे साथबाट एन्ड्रोइड मोबाईल २ थान र नेपाली रुपैयाँ २ हजार ८ सय ३५ रूपैया पनि बरामद भएको जानकारी दिएकाे छ ।
पछिल्लो समय सीमापार बजारमा लागू औषध सेवन गर्न जानेको संख्या बढ्दै जान थाले पछि सशस्त्र प्रहरीले अवैध ओसार पसार र कारोबार समेत हुने आशंकामा सीमामा विगत देखिनै कडाइ गर्न थालेको हो । सशस्त्र प्रहरीले सोही गाउँ पालिकाको वार्ड नं ७ र ८ बाट केही दिन अघि मात्र केही परिमाणमा सुनका गरगहना , ९७० मिलिग्राम लागू औषध सहित दुई जना र जाली नोटको कारोबार गर्ने गिरोहको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला सुरक्षा समितिले आगामी ३ महिना लागू औषध विरुद्ध सीमामा सशक्त कारबाही अघि बढाउदै समुदायमा जनचेतनाका कार्यक्रम बढोत्तरी गर्दै लैजाने निर्णय भएबाट सीमामा थप जनशक्ति तैनाथ गरी उक्त अभियानमा सहकार्य गरिँदै आएको नं ३१ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्रांगत दाहालले बताए।





