• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वडाध्यक्ष वैदेशिक रोजगारीका लागि हङकङमा, खोजी गर्दै वडाबासी

  •  चन्द्र पन्दाक
  • २०८१ भाद्र २५, मंगलवार २१:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाका बासिन्दाले वडाध्यक्षको खोजी गर्न थालेका छन्।  विगत १० महिनादेखि वडा कार्यकक्षमा अनुपस्थित रहनुभएका वडाध्यक्ष दिलप्रसाद बोखिमको वडाबासीले खोजी गर्न थालेका हुन्।

    वडाबासीले वडाध्यक्ष बोखिमको खोजी गरिदिन गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीय सरकार गुहारेका हुन्।  सिकैँचाका स्थानीय सात जनाले संयुक्त ज्ञापनपत्र गाउँपालिका कार्यालयमा बुझाउँदै वडाध्यक्ष बोखिमको खोजी गरिदिन आग्रह गरेका छन्।  कार्यबाहकको भरमा १० महिनादेखि वडा कार्यालय सञ्चालन हुँदा वडामा समस्या उत्पन्न भएको उनीहरुले उल्लेख गरेका छन्।

    वडामा चुलिँदै गएको समस्याको समाधान गरी निकास दिनुपर्ने भएकाले गाउँपालिकाले वडाध्यक्षको खोजी गरिदिनुपर्ने उनीहरुको माग रहेको छ।  वडाबासी छत्र काङ्भा, शक्तिलाल पौडेल, अमित काङ्भा, मणिकुमार लिम्बू, निर्मलकुमार यवागु र छविलाल निरौलाले वडाध्यक्षको खोजीका लागि संयुक्त रुपमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हुन्।

    स्थानीय छत्र काङ्भा लिम्बूका अनुसार वडाध्यक्ष लिम्बू २०८० साल कात्तिक २४ गतेदेखि वडा कार्यालयमा अनुपस्थित रहनुभएको छ।  वडाध्यक्ष बोखिमको अनुपस्थितिमा वडासदस्य अम्बि साउदेनले कार्यबाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ।  लामो समयदेखि कार्यबाहकको भरमा सञ्चालन हुँदै आएको वडामा स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको काम कारबाही प्रभावित भइरहेको उनीहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

    गाउँपालिका कार्यालयमा बुझाएको ज्ञापनपत्रमा वडाध्यक्षलाई उपस्थित हुने अवस्था नरहेमा राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने पनि वडाबासीले सुझाएका छन्।  वडाध्यक्षको अनुपस्थितिमा वडामा चुलिएको समस्या समाधानका लागि सम्बन्धित गाउँपालिका वा स्थानीय सरकारको तर्फबाट उचित पहलकदमी लिनसमेत ज्ञापनपत्रमार्फत गाउँपालिकाको ध्यानाकर्षण गरेका छन्।

    यता वडासदस्य साउदेनलाई विभिन्न कामको जिम्मेवारी बहन गर्न उल्लेख नगरी कार्यबाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्न भनी वडाध्यक्ष बोखिमले पत्र दिएकाले वडाको कार्यसम्पादन लगायतमा समस्या सिर्जना हुँदै गएको उनीहरुको भनाइ छ।  वडाध्यक्ष बोखिम भने वैदेशिक रोजगारीका लागि हङ्कङ जानुभएको गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबोले जानकारी दिनुभयो।

    २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर बोखिम वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।

     

     

     

     

    गोरखापत्र साभार

    Post Views: 135
    प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार २१:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.