• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जुँगे महादेव मन्दिर निर्माणमा चरम लापरबाही, काम अलपत्र

  •  अर्जुन ओलि
  • २०८१ भाद्र २३, आईतवार २२:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालगन्ज उपमहानगरपालिका र ठेकेदार कम्पनीको चरम लापरबाहीले पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको ऐतिहासिक जुँगे महादेव मन्दिर र पुलको स्तरउन्नतीको काम अलपत्र परेको छ।

    उपमहानगरपालिकाले ठोस योजना बिना नै पुरानो संरचना भत्काएर मन्दिर र पुलको स्तरउन्नतीको काम थालेको भए पनि लामो समय बितिसक्दा समेत काम अघि बढ्न सकेको छैन।

    यसले गर्दा स्थानीय बासिन्दा र धार्मिक अगुवाहरु आक्रोशित भएका छन्। उनीहरुले उपमहानगरपालिकालाई मन्दिरको ‘अपमान’ गरेको आरोप लगाएका छन्।

    स्थानीय ललितकुमार रौनियारले भन्छन् ‘जुँगे महादेवमाथि अपमान भएको छ, यसमा नेपालगन्ज उपमहानगरपालिकाको एकदमै लापरबाही देखिन्छ।’ आफूहरूले मन्दिर र पुलको स्तर उन्नतिको काम छिटो सम्पन्न गर्ने विषयमा पटक–पटक उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत केही प्रगति नदेखिएको उनी सुनाउँछन्।

    उनीसहित अन्य स्थानीयले पनि बारम्बार काम छिटो सम्पन्न गर्न माग गरे पनि सुनवाइ नभएको गुनासो गरेका छन्। जुँगे महादेव मन्दिरको जीर्णोद्धारको काम समयमा सम्पन्न नहुँदा स्थानीयहरु सामाजिक सञ्जाल र चौतारामा चर्को आलोचना समेत गरिरहेका छन्।

    नेपालगन्ज ग्यालरीका महेश श्रेष्ठ जुँगे महादेव मन्दिर र पुलको स्तरउन्नतिको काम ढिलो हुनुमा उपमहानगरपालिका मुख्य जिम्मेवार रहेको बताउँछन्। सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै उनले लेखेका छन्, ‘जुँगे महादेव मन्दिरको स्तर उन्नतिको काममा ज–जसले लापरबाही गरेका छन्, यसको मुल्यांकन अवश्य हुनेछ।’

    मन्दिरको समयमा स्तरउन्नति नगरेर जुँगे महादेवलाई ‘बन्धक’ पारिएको उनको टिप्पणी छ।

    जीर्ण अवस्थामा रहेको मन्दिर स्तरउन्नती गरिने भएपछि त्यहाँ राखिएको ऐतिहासिक जुँगे महादेवको मूर्तिलाई बागेश्वरी मन्दिर परिसरकै एउटा कुनामा थन्क्याइएको छ। स्थानीयका अनुसार मन्दिरमा पुग्ने दर्शनार्थीले जुँगे महादेवको सहज रुपमा पूजा गर्न पाएका छैनन्।

    जुँगे महादेव मन्दिर र पुल स्तर उन्नति गर्नका लागि ठेकेदार कम्पनी ‘ग्रेटर नेपाल कन्सट्रक्सन’ नेपालगन्ज–१९, बाँकेले २०७९ चैत २ गते १ करोड ८ लाख ७३ हजार ८ सय ९९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

    ठेकेदार कम्पनीले २०८० चैत २ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भएपनि अहिलेसम्म आधा काम पनि सम्पन्न गर्न नसकेको बताइन्छ। तोकिएको समयभित्र काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीले आगामी २०८१ पुस १ गतेसम्म म्याद पाएको छ।

    उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले मन्दिर स्तरउन्नतीको कार्य प्रगति ठिक रहेको दाबी गरे। ‘कामको प्रगति ठिक छ, यो एकदमै कठिन काम हो, बाहिरबाट बोलेको जस्तो सजिलो छैन,’ उनले नागरिकन्यूजसँग भने ‘कहिले पूजाआजा, कहिले भिडभाडले गर्दा ठेकेदारले काम नै गर्न पाएका छैनन्।’

    तोकिएको समयभित्र काम गर्न नसक्ने ठेकेदारको ठेक्का तोड्नुभन्दा म्याद थप्नु नै उचित लागेको मेयर बिष्टले सुनाए। आगामी शिवरात्रीमा दर्शनार्थीले जुँगे महादेव मन्दिरमा पूजा गर्न पाउने गरी काम सम्पन्न हुने उनले दाबी गरे।

    उपमहानगरपालिकाका इन्जिनियर भूपेन्द्र बोहराले अहिलेसम्म पुलको ढलान र पुर्वतर्फको घाट निर्माण कार्य सम्पन्न भएको जानकारी दिए। अझै तलाउको बीचमा रहेको मन्दिरको पिलर तथा छत ढलान कार्य फ्लोरिङ, रंगरोगन र अन्य फिनिसिङका काम बाँकी नै रहेको उनको भनाइ छ।

     

     

     

    अर्जुन ओलि/ नागरिक साभार

    Post Views: 222
    प्रकाशित मिति: २०८१ भाद्र २३, आईतवार २२:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.