• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

“बाह्रबण्डालको मुटु सुर्खेतको गुटु”

  •  चक्रबहादुर शाही
  • २०८१ भाद्र २३, आईतवार २१:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    उत्तरतिरका महाभारत शृङ्खला र हिमालहरु हेर्दै दक्षिण तर्फ तराईका फाँटहरु नियाल्न रुचाउनेहरुका लागी चुरे शृङखलाको पदयात्रा निकै राम्रो विकल्प हुन सक्छ ।

    सुर्खेतको बाबियाचौर भावर बाट सिधै उत्तरतर्फ नागबेली गर्दै उकालिएको बाटो समातेर चतुरे, दहथान, दहताल, जाजुरा हुँदै दोबाटाको देउराली पुग्न सकिन्छ । यो बाटो खुलेको धेरै भएको छैन । भर्खर मात्र यो बाटोमा फाट्टफुट्ट अटो र केहि निजी सवारि साधनहरु चल्न थालेका छन । दोबाटा बाट डाँडैडाँडा पुर्व तर्फ लागेमा हुड्क्या पुगेर कर्णाली राजमार्ग समात्न सकिन्छ ।

    पश्चिम तर्फ लम्केमा साल्मको काँध बाट दक्षिण तर्फको ओरालो झरेर गुटु पुगिन्छ । दोबाटाको उत्तरि ढलान बाट सिधै तल कर्नाली नदीको छाल (किनार) जंगलाघाट पुगेर त्यहाँबाट अछामको तुर्माखाँद पुग्न सकिन्छ । दोबाटा बाट पश्चिम तर्फ यो शृङ्खलाको शिरैशिर छाप्रे, खौद, ओखलढुङ्गा हुँदै साल्मको काँध पुगिन्छ । निकै पातलो आवादी रहेका यि बस्तिहरुमा पछिल्ला केही बर्षहरुमा कालिकोटको पश्चिम दक्षिण भाग बाट मानिसहरु बसाई सरेर आउने क्रम बढेको छ ।

    यो शृङ्खलाको पदयात्राका क्रममा उत्तरतर्फ नियाल्दा पश्चिम दैलेख र पुर्वी अछामको अधिकांस भुभाग देखिन्छ । यहाँ बाट कालीकोट र जुम्लाका उच्चशिखर देखिनुका साथै पश्चिम तर्फ डोटी, डंडेल्धुरा हुँदै बझाङ र दार्चुलाका अपि, शैपाल र जेठीबहुरानी लगायतका हिमालहरु पनि सजिलै देख्न सकिन्छ । साल्मको काँध पुग्नु अगाडिको सानो र सुन्दर ओखलढुङ्गा गाउ बाट देखीने बाँसपानी गाउँ र कर्णाली नदीको गर्तको बहाव पारी अछामको बलाँता क्षेत्रको सुन्दर दृश्य जो कोहीका लागी पनि निकै सुरम्य र मनोहारी छन । कर्णाली किनारको साँघुरो र कहालि लाग्दो साँघुरो बाटोमा घिउ र नुनका गर्हौ भारी बोक्दै कटासे र राजापुरको हाट हिडेकाहरुले ओखलढुङ्ग बाट देखिने चिउराको काँध, राबल्या (चैमाली), जंगलाघाट, धुकाने छणा, बाँसखोला, बासपानी, साल्म, रातीमाटा, बाँन्द्र्यापानी, भट्टीसेरा , मोतीसेरा, गुटु, जामु र कुईन्या कचालीका सजिव दृश्यहरु नियालेमा उनिहरुका आँखा बाट एकसाथ हर्ष र विस्मातका अश्रुधारा बहने छन ।

    साल्म काँधको पिपल चौतारीमा एकछिन सुस्ताउदै दक्षिण तर्फ ओरालिएर करिब पाँच किलोमिटर हिडेपछि मैदानमा रहेका भट्टीसेरा र मोतीसेराका फराकिला सेरा (फाँटहरु) छिचोल्दै गुटु बजार पुगिन्छ । गुटु हट्यारु देश्यारु जमानाको यो बाटोको एउटा निकै पुरानो पडाउ हो । यो ठाउँका धेरै किस्सा, कहानी र कथा व्यथा छन । यहाँको माटो, पानी, बनपाखा र बाटोले कम्तिमा हाम्रा अघिल्ला दुई पिढिका निकै पसिना चुहिएको देखेको छ । पिडाका सुसेलीहरु सुनेको छ ।

    खुशीका अट्टहाँस हाँसो अनि बिरहका व्याकुल बेदना सुनेको छ । उनिहरुका अनुहार मुजैमुजाले भरिएको देखेको छ । पिठ्युमा बोकिने गह्रौ भारीले निला नशा बटारिएका पिडौला देखेको छ । हो गुटु यहि कालखण्डको एउटा बिसौनी हो । तर गुटु सजिलै उनिहरु संग घुलमिल भएको पनि होईन । गुटुलाई आफ्नो बनाउन पुर्खाहरुले आफ्नो मुटु फुटालेका छन ।गुटुको बण्डालले आश्रय दिएको औलो सरौटोलाई उनिहरुले खदेडेका छन ।अनि पो उनिहरुले यो बण्डालमा आफ्ना लम्सिङ्ग्या भैसीका बथान डुलाएका छन, वस्ती बसाएका छन ।

    हो यही गुटु बाह्रबण्डालको एउटा बण्ड हो । ऐतिहासिक धुलीकोटको एउटा रैतान हो । समय क्रम संगै अहिलेको बिशाल बजार भएको गुटु बनेको हो । तत्कालिन खोप्री मौजाका मुखिया उदयराम थापाले आफु बि सं २०३५/०३६ सालमा प्रधानपन्च हुँदा तत्कालिन राजालाई गुटुमा बजार बसाउनका लागी बिन्तीपत्र बिसाएको ईतिहास गुटुले गुट्मुट्याएरै राखेको छ । अहिलेको गुटु बजार भएको स्थानमा बि सं २०५९ साल फागुन सम्म रातो माटोमा सालको बाक्लो जंगल थियो । सोही सालको फागुन महिनामा यो ठाउँमा फडानी सुरु भयो ।

    बि सं २०६० सालबाट यो ठाउँमा नयाँ बजार सुरु भयो । सुरुमा १३५ वटा पसलका लागी जग्गा छुट्याईएकोमा पछि १६५ वटाका लागी व्यबस्था गरियो । प्रति प्लट ७ मिटर चौडाई र १५ मिटर लम्बाईका घडेरी बितरण गरिएको यो बजार स्थापनामा तत्कालिन राज्यसंग द्वन्दरत शक्ती समुहले पनि सहयोग गरेको पाईन्छ । बि सं २०६५ सालसम्म पनि गुटुका बजारमा एक पसल एक बस्तु बिक्रिको प्रणाली कायम थियो । यसो गर्दा सबैको व्यपार हुन्थ्यो । बिस्तारै त्यो प्रणाली खुकुलो भयो ।

    अहिले एउटै पसलमा धेरै किसिमको सामान पाईन्छ । त्यसैले सबैको ब्यापार पनि हुदैन । काठैकाठका एकसमान किसिमका घर रहेको पश्चिम सुर्खेतको यो गुटु बजारका घरहरु एक किसिमले तनहुको बन्दिपुरका जस्तै सुन्दर र मिलेका छन । बण्डालको बड्डिचौर देखी पश्चिमतर्फ फराकिलो हुँदै सालको बनकुन्जभित्र रहेका धेरै बस्तीहरुको मुटु हो गुटु । यहाँको बिशाल फाँटमा आधुनिक खेति प्रणाली प्रयोग गरि प्रचुर खाद्यान र तरकारी बाली फलाउन सकिन्छ ।

    प्रस्तावित चौकुने र अर्को सिमेन्ट उद्योग कार्यान्वयन भए पछि स्थानिय स्तरमा रोजगारी सिर्जना हुनुका साथै औद्योगिक बिकासको सुरुवात समेत हुनेछ । अब गुटु बाट पुर्वमा वीरेन्द्रनगर पश्चिममा लगाम बेतान , उत्तरमा जंगलाघाट र दक्षिण तर्फ चिसापानी सम्मको बाटोको स्तर उन्न्ती र कालोपत्र गरिनु पर्दछ । घाटगाउ देखी चिसापानी सम्म जलयातायातको प्रबन्ध गरिनु पर्छ । तब फेरि है क्या है जिरा फुल्याको छै क्या । ए है क्या राजापुर चम्क्याको छै क्या ।। भन्ने दिनहरु छिटै पुनराबृत हुनेछन ।

    Post Views: 731
    प्रकाशित मिति: २०८१ भाद्र २३, आईतवार २१:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.