• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सुती कपडा उद्योग बन्द

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २२, शनिबार २१:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बैतडी, भदौ २२ गते / सुती कपडा बुन्ने उद्योग बन्द भएपछि कपडा बुन्ने बनारसी तान सङ्कटमा परेका छन् । उद्योगको घर जीर्ण अवस्थामा पुगेको छ । भवनभित्र रहेका २२ वटा तान अलपत्र अवस्थामा कुनामा फालिएका छन् ।

    तत्कालीन राजा वीरेन्द्रले जिल्ला भ्रमणका क्रममा मेलौली नगरपालिका–१, गोरखपुरमा सुती कपडा उद्योग लिमिटेड स्थापना गरी सर्वसाधारणलाई एक वर्षको कपडा बुन्ने तालिम दिने गरी प्रशिक्षकसमेत खटाउनुभएको थियो । उत्पादित वस्तुको बजारीकरणको जिम्मासमेत सरकारले लिएको थियो ।

    विसं २०४५ मा स्थापना भएको सुती कपडा उद्योगमा सल, चोला, धोती, बुसर्टको कपडालगायत सुतीका कपडा बुन्ने गरिन्थ्यो । भारतको बनारसबाट कच्चा पदार्थ ल्याएर गाउँमै कपडा उद्योग सञ्चालन हुँदा स्थानीयवासी आफैँले बुनेको कपडा लगाउने गरेको मेलौली नगरपालिकाका पूर्वनगरप्रमुख कृष्णसिंह नायकले स्मरण गर्नुभयो । द्वन्द्वकालमा कच्चा पदार्थ आउन बन्द भएपछि प्रशिक्षक पनि नआएको उहाँले बताउनुभयो । उद्योग सञ्चालनका लागि स्थानीयले सरोकारवाला निकायलाई आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीयले गुनासो गरेका छन् । उद्योग स्थापना हुँदा स्थानीयले पाँच रोपनी जग्गा दान गरेका थिए ।

    मेलौली सुती कपडा उद्योग हाल स्थानीय तहको सरकारमातहत रहेकाले उद्योग सञ्चालन गर्न प्रदेश सरकारसमक्ष माग गर्नुपर्ने जिल्ला घरेलु विकास कार्यालय बैतडीका प्रमुख अम्बादत्त जोशीले बताउनुभयो ।

    सुती कपडा उद्योग सञ्चालन गर्न स्थानीय तहसँग पर्याप्त बजेट नभएको मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योग सञ्चालन गर्न सङ्घ र प्रदेश सरकारलाई अनुरोध गर्दै आएका छौँ । राजनीतिक पहुँच नपुग्दा बजेट ल्याउन सकिरहेका छैनौँ ।”

    Post Views: 242
    प्रकाशित मिति: २०८१ भाद्र २२, शनिबार २१:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.