बर्दिया, भाद्र १९ गते / नेपाल निजामती कर्मचारी युनियनको २२ औं स्थापना दिवस २०८१ को अवसरमा नेपाल निजामती कर्मचारी युनियन बर्दिया शाखाले बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।


आज भाद्र १९ गते बुधवार नागरिक सगं कर्मचारी युनियन भन्ने मुल नारा का साथ नेपाल निजामती कर्मचारी युनियनको २२ औं स्थापना दिवसको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपालीका बडा नं ६ र बडा नं ७ को सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार र असहाय बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन बर्दियाका अध्यक्ष द्रोणराज शर्माले बताए।
सामदायिक विद्यालयमा अध्ययनरत करिव ११ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै ठाकुरबाबा नगरपालीकाका नगरप्रमुख तिलक लम्सालले भने यस्ता लोककल्याणकारी कार्य गरेर कर्मचारी युनियन बर्दियाले सराहनिय कार्य गरेको बताए साथै लम्सालले आफु सदैव कर्मचारीहरुको हित र गुणस्तरीयतामा चिन्तन र साथ रहिरहने बताए । कार्यक्रममा नेपाल निमाजती कर्मचारी युनियनका केन्द्रिय सदस्य दीपक गौतम, केन्द्रिय सदस्य कृष्ण घिमिरे, लुम्बिनी प्रदेश सहसचिव विरेन्द्र रावत लगायत सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु समेत उपस्थीती रहेको थियो ।




