• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दुई पटकमात्रै प्रधानमन्त्री हुन पाउने प्रस्ताव कांग्रेस केन्द्रीय समितिबाट पास हुन्छः महामन्त्री शर्मा

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र १५, शनिबार २२:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक पटक राष्ट्रपति र दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव कांग्रेस केन्द्रीय समितिबाट पारित हुने बताए।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले उक्त प्रस्ताव आफूले प्रस्ताव गरेको र केन्द्रीय समितिले भोलि त्यसलाई पारित गर्ने बताएका हुन्।

    ‘अलिअलि समस्या र विवाद भइरहेको छ । त्यसलाई विवाद भन्दा पनि छलफल साथीहरुको दृष्टिकोण साझा र सहमतिको रुपमा भोलि काँग्रेसको केन्द्रीय समितिबाट पास हुन्छ,’ उनले भने।

    उक्त दृष्टिकोण पार्टीको दृष्टिकोण बने भोलिका लागि सबै राजनीतिक दलहरुलाई प्रभाव गर्ने महामन्त्री शर्माले बताए।

    ‘यदी त्यो अहिले दृष्टिकोण बनेर गएन भने संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्नेगरी त्यसलाई त्यतातिर लैजाने काम बन्छ नै । यस्ता रुपान्तरणका थुप्रै मुद्दाहरु अब तपाईं हामीले उठाउन जरुरी छ,’ उनले भने।

    नागरिकहरूलाई पनि सधैँ उही अनुहार प्रधानमन्त्री भइरहँदा नयाँ नेतृत्व कहिले आउँछ भन्ने चासो रहेको बताए।

    ‘उहाँ चार चोटी प्रधानमन्त्री बन्नुभयो रे, उहाँ पाँच चोटी बन्नुभयो रे ? उहाँ ६ चोटी बन्नुभयो रे, भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ,’उनले भने, ‘त्यो अन्त्य गर्न प्रधानमन्त्री जतिसुकै लोकप्रिय हुन्, जतिसुकै जनताको रुवावासी चलोस्, तपाईं फेरि बन्नुपर्छ भनेर जनताले दबाब दिउन्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनु हुँदैन।’

    (न्युज एजेन्सी नेपालबाट)

    Post Views: 199
    प्रकाशित मिति: २०८१ भाद्र १५, शनिबार २२:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.