बारबर्दिया, भाद्र ८ गते । कृषि पेसा गरि आय आर्जन गरिरहेका स्थानीहरुलाई आय आर्जनमा थारै भए पनि टेवा पुगोस भन्नका लागि लुम्विनी प्रदेश सरकारको गत आर्थिक बर्षमा विनियोजित भएको बजेट अनुसार कृषकहरुलाई कृषि सामाग्री भाद्र ७ गते एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
कृषि पेसा गरिरहेका कृषकहरुको समस्यालाई मध्यनजर गर्दै एकिकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाको सहजिकरणामा लक्षितवर्ग विशेष आय आर्जन कार्यक्रम अन्तरगत बर्दियाको बारबर्दिया नगरपालिका बडा नं १ को मुक्त कमैया र सुकुम्वासी बस्तीका करिव २० परिवारलाई एक कार्यक्रमका बिच लुम्विनी प्रदेश सांसद माननीय जन्मजय तिमिल्सीनाले सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।


oplus_0
कृषि सामाग्रीहरुमा क्रेट ४४ थान, विद्युतीय मोटर ८ थान , स्प्रे टंकी १० र उन्नत जातका विउ रहेका थिए ।
काम गर्ने कृषकहरुलाइ लुम्विनी प्रदेश सरकारले हिजो पनि सहयोग गरेको र भोलिका दिनमा पनि कृषक पेशामा आत्मनिर्भर हुन चाहाने कृषकहरुलाइ सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको माननीय जन्मजय तिमिल्सीनाले बताए ।
कृषकहरुलाइ यस्ता किसिमका कृषि सामाग्री सहयोगले भmनै लगनसिल भएर काम गर्न आत्मबल मिलेको कृषि सामाग्री प्राप्त गरेकी एक कृषक गंगा विकले बताइन ।
हिजोका दिनमा यस क्षेत्रमा कृषकहरुले कृषिमा राम्रो उत्पादन गरेर आयआर्जन गरेको हामीले थोरै भएपनि केहि सहयोग होस भन्ने हेतुले कृषि सामाग्री वितरण गरिएको र वितरण गरिएको कृषि सामाग्री १०० प्रतिशत अनुदान रहेको साथै भोलिका दिनमा कृषकहरुले राम्रो गर्दै गए कृषि गर्ने कृषकहरुका लागि व्यावसायीकमा बाख्रा पालन, बंगुर पालन, भैसी पालन लगायतका अनुदानमा सहयोग समेत रहने एकिकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले भने ।
कार्यक्रममा बारबर्दिया नगरपालिका बडा नं १ का बडा अध्यक्ष कैलासपति थारु र बारबर्दिया नगरपालिका बडा नं २ का बडा अध्यक्ष ्रामफेरन थारु लगायतको समेत उपस्थिती रहेको थियो ।




