बर्दिया, साउन २४ गते / ३० औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा मधुवन पालिकाले सार्वजनिक बिदा दिने भएको छ। कार्यालयले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिएको मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले विज्ञप्ति मार्फत जानकारी गराएका छन।


विश्व आदिवासी जनजाति दिवसका अवसरमा स्थानीय बिदा दिने निर्णयअनुरूप सार्वजनिक बिदा दिइएको मधुवन नगरपालिका कार्यालयका नगरप्रमुख तेज बहादुर भाट ले बताए। विदा संगै पालिकामा कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, आधारभूत स्वास्थ्य कार्यालय लगायतका सबै संघसंस्था र सम्पूर्ण विद्यालयहरु समेत बिदा रहने गिरीले बताए।




