• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बालविवाह अन्त्य गर्न अभिमुखीकरण

  •  सन्तोष पौडेल
  • २०८१ श्रावण २४, बिहीबार १२:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, साउन २४ गते / बर्दियाको गेरुवा गाउँपालिकामा पालिकास्तरिय बाल अधिकार समिति तथा सरोकारवालाहरुलाई अभिमुखीकरण गराइएको छ ।

    प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) को आयोजनामा बुधबार अभिमुखीकरण गराइएको हो ।

    बाल विवाह अन्त्यका सम्बन्धी राष्ट्रिय तथा प्रादेशिक रणनीति, कार्यनीति तथा प्रावधानका बारेमा जानकारी गराउँदै बालविवाह अन्त्यका लागि बाल अधिकार समिति तथा अन्य सरोकारवालाहरुको कर्तव्यका बारेमा जानकारी दिने उद्देश्यले क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बि ग्रुपकी फिल्ड सुपरभाइजर मिना शर्माले बताइन् ।

    गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा संविधान तथा ऐनमा उल्लेख भएका बालबालिकाको परिभाषा, विवाहको अर्थ तथा लिङ्ग, उमेर, जात, प्रकृया अनुसार गरिने विवाह एवम् सामाजिक विवाहका प्रकारहरु, बाल विवाह, बालविवाहका असरहरु, नेपालको संविधान २०७२ ले व्यवस्था गरेको बालबालिकाको हक, बालबालिकाहरुप्रति राज्यले लिएको नीति, बालबालिका सम्बन्धी महत्वपूर्ण कानूनी दस्तावेजहरु, बालबालिकासम्बन्धी ऐन, २०७५ लगायत दिगो विकास लक्ष्य २०३० वारेमा सहभागिहरुलाई अभिमुखीकरण गराउँदै बाल विवाह अन्त्यका लागि सरोकारवालाहरुको कर्तव्यका बारेमा छलफल गरिएको थियो ।

    कार्यक्रममा गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह के. सी., उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्द, पालिकाकाका छ वटै वडाका वडा अध्यक्षहरु, बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरु लगायत विषयगत शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण परामर्शदाता शिवलाल पाण्डेले गरेका थिए ।

    Post Views: 215
    प्रकाशित मिति: २०८१ श्रावण २४, बिहीबार १२:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.