• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पुष्पलाल श्रेष्ठको विचार र सिद्धान्तले गणतन्त्र आएको हो- पुर्वमन्त्री अर्याल

  •  यज्ञप्रसाद सापकोटा
  • २०८१ श्रावण ७, सोमबार २२:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, साउन ७ गते / नेपाल कम्युनिष्ट पार्टी एमालेकी सचिव तथा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पुर्व मन्त्री पद्मा अर्यालले स्व.पुष्पलाल श्रेष्ठको विचार र सिद्धान्तले गर्दा गणतन्त्र आएको बताएकी छन् । उनले स्व श्रेष्ठ हाम्रो माझ नभएपनि उनको विचार सिद्धान्त हाम्रो माझ भएको कारणले सबै पार्टी मिलेर संयुक्त जनआन्दोलन गरी गणतन्त्र आएको बताइन् ।

    नेकपा एमाले बर्दियाले आयोजना गरेको ४६ औ पुष्पलाल स्मृति दिवसको अवसरमा साउन ७ गते आजको परिस्थितिमा पुष्पलाल श्रेष्ठको विचारको सान्दर्भिकता विषयक विचार गोष्ठीमा सचिव तथा पुर्वमन्त्री अर्यालले सो कुरा बताएकी हुन् । उनले पुष्पलाल श्रेष्ठको विचार ४६ बर्ष पछि पनि अझै प्रभावकारी र समय सान्दर्भिक रहेको बताइन । ‘२००६ सालमा उहाँले प्रतिपादन गरेको विचारलाई सम्मान गर्दै नेकपा एमालेले सबै कम्युनिष्टहरुलाई एकिकृत गर्दै लैजानु पर्छ ।’ उनले भनिन् –‘ यदी पार्टी एकिकृत नभएका कम्युनिष्ट विचारधाराका सबै जनतालाई एमालेमा समेट्ने योजना रहेकोे छ ।’

    गोष्ठिको शिलशिलामा बर्दिया पुगेकी सचिव एवं पुर्व मन्त्री अर्यालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा उनको फोटोमा माल्यार्पण गर्दै बृक्षारोपण समेत गरेकी छन् । पुष्पलालको स्मृतिमा धुपीको विरुवा रोपिएको थियो ।

    विचार गोष्ठिमा नेकपा एमालेका नेता एवं संविधान सभा सदस्य श्याम ढकाल, नेकपा एमाले लुम्बीनी प्रदेश उपसचिव लिला राना, अग्रज पत्रकार तथा प्रध्यापक राजेन्द्र प्रसाद धिताललगाएतका सहभागीहरुले पुष्पलाल श्रेष्ठको विचारको बारेमा आफ्ना भनाई राखेका थिए ।

    नेकपा एमालेका संघ, प्रदेश र जिल्लाका नेताहरु, जिल्ला समन्वय समिति प्रमुख, राजनीतिक दल, नागरीक समाज, पत्रकार, नेकपा एमालेका कार्यकर्ता लगाएतकाको उपस्थीती रहेको थियो ।

     

    Post Views: 229
    प्रकाशित मिति: २०८१ श्रावण ७, सोमबार २२:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.