बारबर्दिया नगरपालिका वडा नं १ मा खानेपानी सरसफाई स्वच्छता प्रर्बद्र्धन उन्मुख घरधुरी घोषणा गरिएको छ । वडा तथा समुदायस्तरमा खानेपानी सरसफाई स्वच्छता सम्बन्धी ६ वटा सुचकहरुहरुको तयारी गरि सकिएको छ । चर्पीको गुणस्तर तथा प्रयोग, जोखिपूर्ण समयमा साबुन पानीले हात धुने अभ्यास, महिनावारी सरसफाई, खानेपानीको सुरक्षा, हात धुने स्थान, खानाका स्वच्छता एबं सुरक्षा, घर तथा आँगनको सरसफाईको अवस्थाको बारेमा घरधुरी सर्बेक्षण तथा अनुगमन गरिएको थियो । सुचकहरु पुरा गरेका ३८ जना सुनौला हजार दिनका आमा तथा महिलालाई प्रमाणपत्र र सरसफाईका सामाग्रीहरु पनि प्रदान गरिएको छ ।

खानेपानी सरसफाई स्वच्छताको महत्व तथा औचित्यको बारेमा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका परियोजना अधिकृत संजय चौधरी र नगरपालिकाका खानेपानी सरसफाई स्वच्छता सुपरिबेक्षक स्वस्तिका चौधरीले आफनो धारणा ब्यक्त गर्नु भएको थियो । महिला स्वास्थ्य स्वंमसेबिका सबिता कुमारी थारुले राधाकृष्ण थारु जनसेवा केन्द्रले समुदाय स्तरमा खानेपानी सरसफाई स्वच्छता प्रर्बद्र्धन गर्नमा अति प्रसंसनीय कार्य गरेको बताउनु भयो । बारबर्दिया नगरपालिका वडा नं १ का वडा अध्यक्ष कैलासपति थारुले राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान ईन्टरनेशनल नेपालले बारबर्दिया नगरपालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई स्वच्छता, बाल अधिकार, बाल संरक्षण लगायतका क्षेत्रमा कार्य गरेको बताउनु भयो । आमा समुहले आपनो घर परिवार, टोल, छिमेकमा खानेपानी सरसफाई स्वच्छता प्रर्बद्र्धन गर्नका लागी निरन्तर रुपमा सक्रियता जनाउनुपर्ने वडा अध्यक्ष थारुले जोड दिनु भयो ।
वडा नं १ का वडा अध्यक्ष कैलासपति थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, नगरपालिकाका खानेपानी सरसफाई स्वच्छता सुपरिबेक्षक स्वस्तिका चौधरी, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका परियोजना अधिकृत संजय चौधरी, अनुगमन मुल्याङ्कन अभिलेख अधिकृत जनक थापा, फिल्ड सुपरभाईजर बिनिता चौधरी, महिला स्वास्थ्य स्वंमसेबिकाहरु, बडघर, समाजसेवी, बुद्धिजिबी, नागरिक समाज, महिला समुह, आमा समुह लगायतको उपस्थिती रहेको थियो । वडा नम्बर १ को आयोजना, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको सहयोग तथा बारबर्दिया नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम गरिएको हो ।




