बर्दिया, जेठ २७ गते( माउण्टेनसमाचार) / केहि समय देखि बर्दियाको खाता कोरिडोर नजिक आसपासमा देखिदै आएको समस्या ग्रस्त देखिएको चितुवालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय बर्दियाले जानकारी दिएको छ। बर्दियाको मधुवन नगरपालिका बडा नं १ को दुर्गानगर बस्ती नजिक दुर्गा सामुदायिक वनमा केहि दिन देखि दैनिक जसो चितुवा देखिने गरेको गाउँलेको सूचनालाई आधार मानेर सो क्षेत्रमा निरिक्षण गर्दा एक समस्या ग्रस्त चितुवा देखिएको र आज जेठ २७ गते विहान करिब ९ बजेर ३० मिनेटमा समस्या ग्रस्त चितुवा लाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय बर्दिया वरिष्ठ वन अधिकृत टंक गुरुङले बताए ।समस्या ग्रस्त चितुवा रहेको जानकारी पछि डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाल प्रकृति संरक्षण कोष NTNC को सहजीकरणमा आज जेठ २६ गते निकुञ्जमा पठाइएको समेत गुरुङले जानकारी दिए। चितुवालाई डाट गरेर नियन्त्रणमा लिदा चितुवा करिब ४ बर्षको पोथी रहेको र देब्रे खुट्टामा घाउ देखिएको समेत उनले बताए। पछिल्लो समयमा यस क्षेत्रमा जंगली जनावरको आवतजावत बढि देखिने गरेकोले जंगल नजिक बस्ने स्थानीयहरुलाई सजगता अपनाउन समेत वरिष्ठ वन अधिकृत गुरुङले सुझाव दिए।





