• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मूल सुकेपछि खानेपानीको हाहाकार

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २६, शनिबार ०८:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    जुम्ला गुठीचौर गाउँपालिका घर भएकी एलिसा भण्डारी सदरमुकाममा पढ्नका लागि डेरामा बस्दा धारामा पानी नआउने समस्याले खोलाको पानी बोकेर खान बाध्य हुनुभएको छ । पढाइको झोलासँगै पानीका लागि डेरानजिक पर्ने खोला, मूल धाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

    विगत दुई वर्षदेखि अध्ययनका लागि जुम्ला सदरमुकाम बस्दै आएकी सिँजा गाउँपालिका–६ की नमिता रावतको अनुभव पनि उहाँको जस्तै छ । हरेक दिन चाहिने खानेपानीको जोहो गर्न दैनिक तीन घण्टाको दुरी तय गरी खोलीकोट गाउँ धाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

    जुम्लामा खानेपानीका मुहान सुकेर धारामा पानी कम भएपछि सर्वसाधारणलाई हैरान भएको हो । दैनिक जनजीवन नै प्रभावित हुने गरी यहाँ खानेपानीको अभाव भएको छ । चन्दननाथ नगरपालिका भारतीवाडाका व्यवसायी मनीषा बुढाले खानेपानी नहँुदा समस्या भइरहेको भन्दै पानी सुकेपछि आफ्नो होटल व्यवसायसमेत मारमा परेको जनाउनुभयो ।

    पछिल्लो १५ दिन खानेपानी नआउँदा अर्काको धारामा तथा मूलमा गएर खानेपानी भर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । जुम्ला सदरमुकाम

    खलङ्गाका लागि खानेपानी उपभोक्ता समितिले लामो समयदेखि जिम्मा लिए पनि पानीको व्यवस्थापन गर्न सकेको छैन । नजिक खानेपानीको मुहान नहुँदा झन्डै १० किलोमिटर टाढाको पातारासी गाउँपालिका–६ र ७ को बडेखोली र रिनी गाउँको छहरेखोला र चन्दननाथ नगरपालिका–६, खालागाड खोलादेखि खानेपानी सदरमुकाम खलङ्गा

    ल्याइएको छ ।  खडेरीका कारण ती सबै मुहानमा पानी सुकेपछि स्थानीयलाई सास्ती हुन थालेको हो । कुनै बस्तीमा आधा महिनादेखि पानी आएको छैन भने कहीँ हप्ता दिनयता पानीको थोपा धाराबाट

    झरेको छैन ।

    खलङ्गा खानेपानी उपभोक्ता समितिका सहायक प्राविधिक अर्जुन बरालका अनुसार पानीका मुहानमा नै पानी कम भएपछि यो समस्या सिर्जना भएको हो । उहाँले २०५७ सालमा दुई सय धाराका लागि मात्र खानेपानी आयोजना बनाउँदा अहिले बढेर एक हजार ८५० धारा रहेकाले पानीको आपूर्तिमा समस्या आइरहेको बताउनुभयो ।

    दौतरी होटलका सञ्चालक पदमबहादुर महतका अनुसार पानीको अभाव हुन थालेपछि पानी आएका बेला मौज्दात राख्नका लागि ४० हजार लिटरको रिजर्भ ट्याङ्की बनाइएको तर ट्याङ्की बनाएर के गर्नु ? पूरै भर्नका लागि पानी आउँदैन । खलङ्गामा पानीको अभाव भएपछि सङ्घीय सरकारले अहिले साढे आठ हजार धारा वितरणको लक्ष्य राखी बृहत् धौलीगाड खानेपानी आयोजनाको काम अघि बढाएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका निमित्त कार्यालय प्रमुख दीपेन्द्र भट्टका अनुसार आयोजनाको भौतिक प्रगति लक्ष्य अनुसार भइरहेको छ । उहाँले आयोजनाको भौतिक प्रगति करिब ४५ प्रतिशतभन्दा बढी भएको र एक हप्तामा यसको विस्तृत प्रतिवेदन आउने बताउनुभयो ।

    कार्यालय प्रमुख भट्टका अनुसार बृहत् धौलीगाड खानेपानी आयोजनाका दुई वटा प्याकेजमा काम हुँदै छ । पहिलो इन्टेकदेखि आरभिटीसम्मको काम भएको छ, जसमा इन्टेक निर्माण, पाइप लाइन र ट्याङ्की निर्माण भइरहेको छ । यस क्षेत्रमा एक सयदेखि छ सय घन मिटरका ट्याङ्की निर्माण हुँदै छन् । चन्दननाथ, तातोपानी र गुठीचौर गाउँपालिकाका क्षेत्रमा उक्त खानेपानी पु¥याउने कार्यक्रम अन्तर्गत बृहत् खानेपानी आयोजना अगाडि बढाइए पनि यो आयोजना निर्माण सम्पन्न हुन अझै करिब दुई वर्ष लाग्ने बताइएको छ ।

     

     

     

    गोरखापत्र/साभार

    Post Views: 189
    प्रकाशित मिति: २०८१ जेष्ठ २६, शनिबार ०८:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.