• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सडक नहुँदा बारीमा कुहिन्छ तरकारी

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २६, शनिबार ०७:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बैतडी, जेठ २६ गते / कृषि पकेट क्षेत्रको उपज बजारसम्म पुर्‍याउने सडक नहुँदा चुलोमा पाक्नुपर्ने तरकारी बारीमै सडाउनुपर्ने बाध्यता भएको छ ।

    कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न कृषि पकेट क्षेत्रका गाउँमा वार्षिक चार करोड रुपियाँ खर्च गर्दै आए पनि ढुवानीका  लागि सडक सुविधा नहुँदा कृषि उपज बारीमै सड्ने गरेको छ ।

    सिगास गाउँपालिका–१, बेसरा गाउँमा बर्खा लागेपछि उत्पादन भएको तरकारी बारीमा सड्ने गरेको अगुवा किसानले गुनासो गरेका छन् । बेसरा गाउँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सुरु भए पनि बर्खा लागेपछि यहाँको तरकारी बारीमै सड्ने गरेको छ । यहाँ चार किलोमिटर मात्रै पक्की सडक हुने हो भने बाह्रै महिना तरकारी बिक्री गर्न सहज हुने देखिएको छ ।

    वडा कार्यालयसम्म चार किलोमिटर सडक कालोपत्रे भइदिए यहाँको कृषि उपज छ घण्टामै सुदूरपश्चिमको प्रदेश राजधानी पु¥याउन सकिने सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाको सिरानसम्म बैतडी–बझाङ जोड्ने पक्की सडक भए पनि बेँसीमा रहेका गाउँ सडकसँग जोडिन सकेका छैनन् ।” गाउँका किसानले हामीलाई सडक देऊ, हामी अघाउने गरी तरकारी फलाएर दिन्छौँ भन्ने गरेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिँउदमा मात्रै चल्ने विन्द्रावन–बेसरा–खक्र्यौडा सडक बर्खा लागेपछि ठप्प हुन्छ । बर्खा लागेपछि गाउँमा फलेको तरकारी खेर जाने गरेको छ । सडक स्तरोन्नति गर्न वडासँग बजेट छैन ।”

    गाउँपालिका र कृषि ज्ञान केन्द्रले सिगास गाउँपालिका–१ का बेसरा, अङ्डेगाडा, विन्द्रावन, खन्तड, बजकोट, जुकेपानीलगायतका गाउँलाई तरकारी र फलफूल पकेट क्षेत्र घोषणा गरेर करोडौँ रुपियाँ लगानी गर्दै आएको छ । आगामी वर्षमा पनि सिगास गाउँपालिका–१ मा तरकारी खेतीलाई प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख घनश्याम चौधरीले बताउनुभयो । उहाँले तरकारी उत्पादनका लागि समस्या नभए पनि बजारसम्म लैजान समस्या पर्ने गरेको बताउनुभयो ।

    जिल्लामा सुगम मानिएको पाटन नगरपालिका–८, ९ र १० मा पनि तरकारी ढुवानी गर्न गतिलो सडक छैन । यहाँका गाउँबाट हिउँदमै दैनिक ५० क्विन्टलभन्दा बढी तरकारी बिक्री हुने भए पनि बर्खामा सडक बन्द हुँदा उत्पादित तरकारी बारीमै सडेर जाने गरेको छ । यहाँका गाउँमा आलु, बन्दा, रायो, काउली, टमाटर, भेडेखुर्सानी, धनियाँ, मुलालगायतका तरकारी प्रशस्तै उत्पादन हुने गरेको छ । गाउँमा उत्पादित तरकारी किन्न हिउँदमा व्यापारी घरआँगनमै गाडी लिएर आउने गरेका तर बर्खामा कोही पनि नआउँदा किसानलाई समस्या हुने गरेको तरकारी थोक बिक्रेता केशददत्त भट्टले बताउनुभयो ।

    उहाँले हिउँदमा मात्रै पाटन नगरपालिकाका धारापानी, जुकेपानी, धारी, ज्याफु र सिगास गाउँपालिकाका–१ का गाउँबाट दैनिक ५० क्विन्टल तरकारी ढुवानी गरेर धनगढी र महेन्द्रनगर पठाउने गरेको पनि बताउनुभयो ।

    विदेशबाट फर्केर गाउँमै तरकारी खेतीमा लागेका पाटन नगरपालिका–९, किचारका मोहन बिजलेले ३० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती सुरु गरे पनि ढुवानी गर्ने सडक नहुँदा बर्खामा फलेको तरकारीबाट खासै फाइदा लिन नसकेको बताउनुभयो ।

    यहाँका गाउँमा तरकारी उत्पादन बढेपछि सुदूरपश्चिम प्रदेश सरकारको अगुवाइमा पाटन नगरपालिका–८ मा तरकारी भण्डारण गर्न शीतभण्डार निर्माणको काम भइरहेको छ ।

    पाटन नगरपालिकाको खोड्पे क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख चौधरीले बताउनुभयो । पाटन नगरपालिकाको खोड्पे क्षेत्रमा प्रदेश सरकार, स्थानीय तह र कृषिको क्षेत्रमा काम गर्ने गैरसरकारी क्षेत्रले उल्लेख्य लगानी गरे पनि सडकमा भने कसैको ध्यान जान सकेको छैन ।

     

     

    गोरखापत्र /साभार

    Post Views: 221
    प्रकाशित मिति: २०८१ जेष्ठ २६, शनिबार ०७:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.