• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालले आज यूएईसँग विश्वकप छनोट फुटबल खेल्दै

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २४, बिहीबार १५:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, जेठ २४ गते  / फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपालले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । नेपाल र युएईबिचको खेल साउदी अरेबियामा नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ ।

    नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि ‘न्यूट्रल भेन्यू’ मा खेल्न लागेको हो । केही समयअघि एसियाली फुटबल महासंघ (एएफसी) का प्राविधिकले दशरथ रंगशालाको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले दशरथ रंगशालाको विषयमा आफ्नो प्रतिवेदन एएफसीमा बुझाएका थिए ।

    सोही प्रतिवेदनका आधारमा एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गर्दै दशरथ रंगशालाको अवस्था विश्वकप छनोट खेलका लागि उपयुक्त नरहेकाले त्यो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नु पर्ने जानकारी गराएको थियो

    सोही आधारमा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल साउदी अरेबियामा खेल्न लागेको हो । नेपाल र यमनबिचको खेल पनि साउदी अरेबियामै खेलिने छ ।

    एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ ।

    त्यो समूहमा रहेका चारवटै राष्ट्रले चार–चार खेल खेलिसकेका छन् । १२ अंकसहित यूएई पहिलो स्थानमा आसिन छ । नौ अंकसहित बहराइन दोस्रो स्थानमा छ । तीन अंकसहित यमन तेस्रो स्थानमा आसिन छ ।

    नेपालले भने चारवटै खेलमा हार भोगेको छ हालसम्म खेलिएको चार खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १४ गोल खाएको छ । नेपाली टोली यसअघि यूएईसँग ४–० गोल र यमनसँग २–० गोलले पराजित भएको थियो । नेपालले बहराइनसँग भने क्रमशः ५–० गोल र ३–० गोलले हार भोगेको थियो ।

     

    रातोपाटी/साभार

    Post Views: 255
    प्रकाशित मिति: २०८१ जेष्ठ २४, बिहीबार १५:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.