• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

छात्रवृत्ति नदिने निजी स्कुललाई बन्दको सूचीमा राख्ने काठमाडौं महानगरले दियो चेतावनी

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २४, बिहीबार १४:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    १० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराउने संस्थागत (निजी) विद्यालयहरूलाई काठमाडौं महानगरले बन्दको सूचीमा राख्ने चेतावनी दिएको छ।

    बिहीबार एक सूचना प्रकाशित गरेर काठमाडौं महानगरपालिकाले त्यस्तो चेतावनी दिएको हो। काठमाडौं महानगरपालिकाले अहिले ४७३ निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेश गरेको तथ्यांक पनि प्रस्तुत गरेको छ। महानगपालिकाको निर्देशन अटेर गर्ने निजी विद्यालयलाई तीन दिनभित्र विवरण पेश गर्न समयसीमा पनि तोकेको छ।

    त्यतिञ्जेलसम्म पनि विवरण नबुझाउने विद्यालय बन्दको सूचीमा रहने, ती विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्न र गरिरहेको भए अन्यत्र स्थानान्तरण गर्न पनि महानगरले आग्रह गरेको छ।

    ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५० काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था कार्यान्वयन गराउन पटक पटक अनुरोध गर्दा जेठ २३ गते सम्ममा ४७३ संस्थागत विद्यालयहरूले विवरण उपलब्ध गराएका छन्। यसर्थ, छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरूले काठमाडौं महानगरपालिका शिक्षा विभागमा तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउनुहुन यसै सूचनाबाट पुनः अनुरोध गरिएको छ। यस अवधिभित्र पनि माग भएको विवरण पेस नगर्ने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रूपमा अभिलेखीकरण गरी यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न÷नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्न समेत अभिभावकहरूलाई सूचित गरिने व्यहोरा अनुरोध छ,’ महानगरको सूचनामा भनिएको छ

    रीतपूर्वक छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयहरूलाई प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही हुने पनि महानगरले बताएको छ।

    ‘यसबाट कुनै जोखिम या असर परे त्यसको पूर्व जवाफदेहिता विद्यालय स्वयंले व्यहोर्नु पर्नेछ,’ उसले भनेको छ।

    विवरण बुझाएका कुल ४७३ निजी विद्यालयमा एक लाख ४९ हजार ९ ५० विद्यार्थी अध्ययनरत रहेको महानगरले जनाएको छ। त्यसमध्ये १८ हजार ४२२ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन्।

    Post Views: 256
    प्रकाशित मिति: २०८१ जेष्ठ २४, बिहीबार १४:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.