• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्वावलम्बी समुहका सदस्यहरुलाई विउ बोका उपहार

  •  मुरली गोडिया
  • २०८१ जेष्ठ १६, बुधबार ०६:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, जेठ १६ गते (माउण्टेनसमाचार) / बारबर्दिया नगरपालिका भित्र गठन गरिएका स्वावलम्बी समुहका सदस्यहरुलाई विउ बोका वितरण गरिएको छ । बाख्राको नस्लसुधार तथा उत्पादकत्व बृद्धि गर्ने उद्देश्यले २४ जना सदस्यलाई २४ वटा विउ बोका वितरण गरिएको हो ।

    आर्थिक समृद्धिका लागी पशु पालन तथा कृषि खेती मुख्य आधार भएकोले यो साझेदारी परियोजना बाट सदस्यहरुको जिविको पार्जन सुधार हुने अपेक्षाका साथ बारबर्दिया नगरका ११ वटै वडामा २२ वटा मुल समुह र ६६ वटा उपहार समुह गठन गरि परियोजना संचालन भैरहेको परियोजना संयोजक किशोर चौधरीले जानकारी दिए।

    बारबर्दिया नगरपालिका बर्दिया र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र थारु महिला उत्थान केन्द्रको सहजीकरणमा संचालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी परियोजना अन्र्तगत विउ बोका वितरण गरिएको समेत चौधरीले बताए ।

    परम्परागत तरिकाले बाख्रा तथा कृषि उत्पादन गरिरहेकोले परियोजना मार्फत आधुनिक प्राविधि सम्बन्धि ज्ञान तथा शिप लिई ब्यवसायिक बाख्रा उद्यम तथा कृषि खेती गरि आय आर्जन गर्न सकिने समेत चौधरीले भने । परियोजनामा आवद्ध सदस्यहरुको क्षमता अभिबिद्धि, आय आर्जन क्रियाकलापमा आवद्ध गराउने तथा प्राविधिक सहयोग, दिगो रुपमा स्वावलम्बि समुह संचालन तथा आय आर्जन अभिबृद्धिको लागी सहकारी मार्फत विभिन्न आय मुलक क्रियाकलाप संचालन गर्न लगाउने चौधरीले प्रष्ट पारेका थिए।

    परियोजनामा २ हजार २ सय ६९ घरपरिवार आवद्धता रहेको र परियोजनाले समुहका सदस्यहरुको विभिन्न आयमुलक, क्षमता अभिबृद्धि, प्राविधिक सहयोग र समाजिक पुँजी निर्माणको कार्य गरिने समेत संस्थाले जानकारी दिएको छ।

    Post Views: 342
    प्रकाशित मिति: २०८१ जेष्ठ १६, बुधबार ०६:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.