बर्दिया, जेठ ९ गते / प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र आरकेजेएस बर्दियाको साझेदारीमा संचालित बालिका सशक्त परियोजना अन्र्तगत ठाकुरबाबा नगरपालिकामा स्थानिय योजना तर्जुमा प्रक्रियामा युवाको सहभागिता विषयक पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम जेठ ८ गते मंगलबार सम्पन्न भएको छ ।
ठाकुरबाबा नगरपालिकाका युवाहरुलाई योजना तर्जुमा प्रक्रियामा युवा सहभागीताको बारेमा अभिमूखिकरण गरिएको साथ आर्थिक वर्ष २०८१/८२ का लागि नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने समय नजिकीदै गर्दा युवाहरुलाई पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम गरिएको परियोजनाका कार्यक्रम अधिकृत संजय चौधरीले जानकारी दिनुभयो ।
युवाहरुको सभाद्धारा युवाहरुको आवाज तथा मुद्दा उजागरगरी साझा मुद्दाहरु तय गर्न, युवाहरुको सहभागिता सुनिश्चितका लागि योजना तयारी गर्न र योजना तर्जुमा प्रक्रियामा युवाहरुको सहभागिता सुनिश्चितताका लागि पैरवी गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको समेत चौधरीले बताए।
शिक्षा क्षेत्र, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, युवा तथा बाल संरक्षण, खानेपानी तथा सरससफाई सवाल तथा मुद्दाहरु उजागर गरी समाधानका उपायहरुको बिषयमा युवाहरुलाई समुहगत रुपमा छलफल गराइएको हो ।
शिक्षालाई पुर्ण रुपमा निःशुल्क, समयानुसारको प्रविधिक शिक्षा हुनुपर्ने, विद्यालय बालमैत्री किशोरकिशोरी मैत्री बनाउनु पर्ने, खानेपानी सरसफाईका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने लगाएतका सवालहरु छलफल गरिएको थियो ।
ठाकुरबाबा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख गोगनसरा आर्चायले युवाहरुलाई आफ्ना सवालहरु नगरपालिकालाई टिपोट वा बिषयगत शाखालाई भेटेर पनि सल्लाह सुझाब दिनका लागि आग्रह गर्नु भयो ।
अहिले पालिकाको बार्षिक नीति तथा कार्यक्रम बनाउने समय भएकाले युवाहरुले दिएको सल्लाह सुझाब महत्वपुर्ण हुने आचार्यले बताउनुभयो ।
नेपालको सविधानमा युवाको परिभाषा र युवाहरुको अवस्थाको बारेमा परियोजनाका कार्यक्रम अधिकृत संजय चौधरीले सहजिकरण गर्नु भएको हो । ठाकुरबाबा नागरिक समाज संजालका संयोजक ओप्रकाश बिष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ठाकुरबाबाका युवा, नागरिक समाज, सञ्चारकर्मीहरु लगायत करिब ३० जनाको सहभागिता रहेको परियोजनाका अनुगमन, मुल्याँकन अधिकृत जनक थापाले जानकारी दिनुभयो।





