• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लुम्बिनीमा चैते धान खेती हरेक वर्ष घट्दो

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ ६, आईतवार ०९:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    देउखुरी (दाङ) जेठ ६ / लुम्बिनी प्रदेशका रोल्पा र रुकुमबाहेक सबै जिल्लामा हिउँदे (चैते) धान खेती हुन्छ । हरेक वर्ष चैते धान खेती गर्नेको क्षेत्रफल घट्दो छ । उत्पादन पनि वृद्धि हुन सकेको छैन ।

    गतवर्ष ३ हजार ३८ हेक्टर क्षेत्रफल खेती भएकोमा यसवर्ष घटेर २ हजार ६ सय ७७ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ । यो वर्ष ४ सय ११ हेक्टर खेती घट्यो । लुम्बिनी प्रदेशको सबैभन्दा धेरै चैते धान खेती बर्दियामा गतवर्ष १ हजार ४ सय ५० हेक्टरमा भएकोमा यसवर्ष घटेर एक हजार २ सय १ हेक्टरमा मात्रै रोपाई हुन पुगेको छ ।

    पाल्पामा गतवर्षमा ७ सय हेक्टर भएकोमा यो वर्ष ६ सय ३० हेक्टर, गुल्मीमा ३ सय ४० हेक्टर क्षेत्रफबाट यो ३ सय १९ हेक्टर क्षेत्रफलमा घटेको छ अर्घाखाँचीमा गतवर्ष २ सय हेक्टरमा भएको यसवर्ष १ सय ७० हेक्टर, रुपन्देहीमा गतवर्ष ६० हेक्टर क्षेत्रफल र अहिले ५४ हेक्टरमा रोपाई भएको छ । कपिलवस्तुमा गतवर्ष १० हेक्टरमा भएकोमा यो वर्ष ५ हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको छ ।

    प्युठानमा गतवर्षमा गतवर्ष ४० हेक्टरमा भएकोमा यसवर्ष ५५ हेक्टरमा, नवलपरासीमा गतवर्ष ५ हेक्टरमा भएकोमा यसवर्ष ७ हेक्टरमा, दाङमा गतवर्ष १ सय ९८ हेक्टरमा भएकोमा यो वर्ष २ सय हेक्टरमा र बाँकेमा गतवर्ष ३५ हेक्टरमा खेती भएको यो वर्ष ३६ हेक्टरमा चैते धान रोपाई गरिएको लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

    लुम्बिनीका १० जिल्लामा चैत महिनाको पहिलो र देस्रो सातादेखि चैते दुई, चैते पाँच, चैते छ र हर्दिनाथ जातको धान खेती गरिन्छ । ‘हिउँदे (चैते) धान खेतीमा क्षेत्रफल घट्नुको मुख्य कारण युवा जनशक्ति गाउँमा नहुनु, वैदेशिक रोजागारीमा जानु र खेतीप्रति आकर्षित नहुनु हो,’ लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख रामप्रसाद पाण्डेले भने, ‘तराईमा विजुली मोटरले पानी तानेर खेती गर्दा लागत धेरै हुने भएकाले खेती कम हुन थाल्यो । पाल्पा, गुल्मी, अर्घाखाँचीमा, प्युठान, कालीगण्डकी, बढीखोला, रिडी खोला, मथुरा लगायतका स्थानमा व्यापक खेती भएपनि युवा जनशक्ति अभावले खेती गर्ने भएनन् ।

    पहाडमा अहिले गाउँबाट युवा जनशक्ति देश बाहिर र स्वदेशको पनि सहरमुखी भएका छन् । कृषिबाट भन्दा अरु पेशाबाट आकर्षक आम्दानी हुने भएकाले युवाहरु खेतीबाली लगाउन विस्तारै छाड्दै गएको उनले बताए ।

    ‘हजुरबाको पालामा २० रोपनी थियो, खेती गरेपछि आम्दानी हुन्थ्यो,’ उनले भने, ‘बाको पालामा १० रोपनीमा झर्‍यो । छोरा र नातीसम्म आइपुग्दा ४/५ रोपनीमा झरेको छ ।’ चैते धान खेती घट्दै गएपछि प्रदेश सरकारले उत्पादनमा आकर्षण ल्याउने कार्यक्रम सञ्चालन गरिरहेको पाण्डेले बताए ।

    यस वर्ष पाल्पा र रुपन्देहीमा चैते धानमा १२/१५ कठ्ठामै गर्ने गरी प्रदशन कार्यक्रम अघि सारेको उनले बताए । अर्कोवर्ष अलि धेरै मात्रामा कार्यक्रम सञ्चालन गरिने पाण्डेको भनाई छ ।

    यसरी धान रोप्ने काम घट्दो हुनुको अर्को कारण प्रयाप्त सिचाई नहुनु हो । भएका सिचाई योजना पनि बिग्रपछि मर्मत सम्भार गरेर खेतीमा सिचाई गर्न उपभोक्ताले गर्न नसक्ने र बिजुलीले पानी तान्दा महंगो पर्ने भएकाले समस्या भएको हो ।

    सतह सिचाई भएको ठाउँमा उत्पादनमा वृद्धि ल्याउने कार्यक्रम निर्माण गर्ने गरी तयारीमा रहेको पाण्डेले बताए । जलवायु परिवर्तनले गर्दा धान पाकेर काट्ने बेला आकाशबाट पानी परिरहेर कुहिने समस्या पनि रहेको छ ।

    ‘खेतमा चैते धान खेती गर्ने क्षेत्रफल घटेपनि पछिल्लो समय हिउँदे मकै खेती गर्नेको संख्या बढ्दो छ,’ पाण्डेले भने, ‘तराइमा चैते धान भन्दा मकै उत्पादन बढ्दो छ । मकैको घुँघा बेचेरै लगानीको दोब्बर आम्दानी भएपछि सहर नजिकैको तराइमा चैते धान छाडेर मकै खेती भइरहेको छ ।’

     

     

    कान्तिपुर/साभार

    Post Views: 341
    प्रकाशित मिति: २०८१ जेष्ठ ६, आईतवार ०९:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.