• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एउटा धितोबाट दुई पटक ऋण, सहकारी सञ्चालक फरार

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ १, मंगलवार १२:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कैलाली, बैशाख १ गते / जोशीपुर गाउँपालिका–१ स्थित जीवनसाथी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ्स लिमिटेडका पदाधिकारीहरू सेयर सदस्य, बचतकर्ताको लाखौँ रकम डुबाएर भागेका छन् । जीवनसाथी सहकारी २०६७ साल भदौमा १७ जना संस्थापक सदस्यबाट एक लाखका दरले सेयर उठाएर सुरु भएको थियो । जोशीपुर गाउँपालिका–१, लकरमन्डीका अशोककुमार महतो सहकारी अध्यक्ष डम्बरबहादुर परियारले युवा स्वरोजगार कोषबाट ल्याएको ४० लाख रुपियाँ ऋण पनि हिनामिना गरेको बताउनुहुन्छ ।

    “स्वरोजगार कोषको ऋण नतिरेपछि सेयर सदस्यहरूले थप ७०/७० हजार रुपियाँका दरले दामासाहीमा तिर्‍यौँ,” महतो भन्नुहुन्छ, “शिक्षक भएकाले इज्जत जोगाउन थप पैसा तिरेर छोडेका हौँ ।” “सात दिनका लागि भनेर विद्यालयबाट सापटी मागेको दुई लाख ६० हजार रुपियाँ नतिरेपछि आफ्नो तलब कट्टी भयो,” शिक्षकसमेत रहनुभएका महतोले भन्नुभयो, “सहकारी अध्यक्ष परियार सन्तजन आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो ।”

    जोशीपुरका व्यापारी भीम बम पनि सेयर सदस्य भएबापत कर्मचारीलाई तलब दिन नपुगेको भन्दै ५८ हजार रुपियाँ तिराएपछि सहकारी छोडेको बताउनुहुन्छ । अध्यक्ष परियार रहेको सहकारीको पहिलो कोषाध्यक्ष र पछि सचिव बन्नुभएका खड्कबहादुर चौधरी हुनुहुन्थ्यो । यी दुई जनाले जीवनसाथीमा ऋण लिन धितो राखेका व्यक्तिगत लालपुर्जा मेघा बैङ्कमा राखेर जग्गा लिलामी गराइदिएको बताइएको छ । जीवनसाथीमा जग्गा धितो राखेर १० लाख ऋण लिनुभएका जोशीपुर गाउँपालिका–४, हस्नापुरका काशीराम महतोले साँवाब्याज बुझाइसकेपछि लालपुर्जा खोज्दा मेघा बैङ्कमा राखेको र ८५ लाख तिरेर लालपुर्जा फिर्ता ल्याएको उहाँका छोरा राममिलन बताउनुहुन्छ । मेघामा ६७ लाख ५० हजार रुपियाँ रकम तिर्न सचिव खड्कबहादुर चौधरीले ५७ लाख ५० हजार रुपियाँको चेक दिनुभएको थियो, उक्त चेककको खातामा पैसा नभएपछि पीडित महतोले चेक बाउन्सको मुद्दा हाल्नुभएको थियो ।

    “जिल्ला र पुनरावेदन अदालतमा मुद्दा लड्दालड्दै बैङ्कमा ब्याज ८५ लाख रुपियाँ पुग्यो,” राममिलन भन्नुहुन्छ, “साढे चार लाख रुपियाँका दरले २१ कट्ठा जग्गा बेचेर तिर्‍यौँ भने पनि अब घरबास मात्र बाँकी रहन्छ । उहाँले चेक बाउन्स ठगीको मुद्दा जिते पनि पैसा अझै नपाएको र सहकारी अध्यक्ष र सचिव फरार भएको जानकारी दिनुभयो । त्यस्तै चार लाख ऋण लिएका भजनी नगरपालिका–८, खैराका चन्द्रलाल डगौराले एक बिघा धितो राखेर चार लाख रुपियाँ ऋण लिएबापत मेघा बैङ्कबाट १९ लाख रुपियाँ तिरेर पुर्जा छुटाएको बताउनुभयो ।

    सहकारी डिभिजन कार्यालय कैलालीका अधिकृत विनोद पन्तका अनुसार २०६७ भदौमा स्थापना भएको सहकारीले आर्थिक वर्ष २०७५/७६ मा ६६ पुरुष र १४ महिला सदस्यबाट छ लाख छ हजार रुपियाँ सेयर सङ्कलन गरेको, ३५ लाख ८३ हजार बचत उठाएको र २२ लाख ७६ हजार ऋण लगानीमा रहेको विवरण बुझाएको छ ।

    सरकारको स्वरोजगार कोष र मेघा बैङ्कको ऋण करोड रुपियाँ नाघे पनि सहकारी डिभिजनमा भने न्यून विवरण देखाइएको छ । जीवनसाथीको सहकारीको कार्यालय बन्द रहेको छ । १५ महिनादेखि घरभाडा नदिएको घरधनी धनसिंह भाट बताउनुहुन्छ । पालिकाको सूचीमा ३६ वटा सहकारी भए पनि जीवनसाथीले कुनै विवरण नबुझाएको र ठगीबारेको गुनासो पनि नआएको जोशीपुर गाउँपालिकाको सहकारी शाखाका प्रमुख नारायण चौधरी बताउनुहुन्छ । गाउँमा कहिलेकाहीँ मात्रै देखा पर्ने परियार र चौधरीले गाउँका धेरै व्यक्तिका जग्गा बैङ्कमा राखी लिलामी गरेका छन् । यसरी जग्गा लिलामी भएका व्यक्तिले घटनाका बारेमा सही सूचना दिन आनाकानी गर्दै आएका छन् ।

     

     

    गोरखापत्र/साभार

    Post Views: 434
    प्रकाशित मिति: २०८१ जेष्ठ १, मंगलवार १२:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.