• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

उखु किसानलाई एक अर्ब ६१ करोड भुक्तानी

  •  माउण्टेन संवाददाता
  • २०८१ बैशाख २४, सोमबार १४:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिवास, वैशाख २४ गते / महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले यो वर्ष किसानहरूबाट खरिद गरेको उखुको सबै भुक्तानी गरेको छ । समयमै भुक्तानी पाउँदा किसान खुसी भए पनि उखुको उचित मूल्य नपाएकोमा भने खिन्नता प्रकट गरेका छन् ।

    एभरेष्टले क्रसिङ सिजन २०८०/८१ का लागि २९ लाख चार हजार ५११ क्विन्टल उखु खरिद गरी दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन गरेको जनाएको छ ।

    एभरेष्टका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले खरिद गरिएका उखुको एक अर्ब ६१ करोड ९० लाख ६३ हजार रुपियाँ किसानको खातामार्फत भुक्तानी गरेको बताउनुभयो ।

    यो पटक एभरेष्टले महोत्तरी, सर्लाही, रौतहट तथा धनुषाका गरी १४ हजार चार सय ४४ जना किसानबाट उखु खरिद गरेको थियो । ठाकुरका अनुसार उखुको मिल गेटमा ५६५ र खरिद केन्द्रबाट ५४० रुपियाँ प्रति क्विन्टलको दरले किसानको खातामा भुक्तानी गरिएको हो ।

    उचित मूल्य र समयमै भुक्तानी न पाउँदा बर्सेनि उखु खेती घट्दै गएपछि एभरेष्टले गत वर्षदेखि वर्ष उखु खरिद गरेको साता दिनभित्र भुक्तानी दिने नीति लिएको थियो ।

    ‘‘यो नीतिमा पनि अझ लचिलो बन्दै यसपालादेखि उखु खरिद गरेको पाँच दिनभित्रै भुक्तानी पठाइको हो’’ ठाकुरले भन्नुभयो ।

    समयमै भुक्तानी भएकाले आगामी दिन उखु खेतीमा वृद्धि हुने एभरेष्टको अपेक्षा छ । यो वर्ष किसानले १२ हजार ५ बिघामा उखु खेती गरेका थिए आउँदो सिजनमा १० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ ।

    यसका लागि एभरेष्टले फिल्ड सर्वे गर्न प्राविधिकहरूलाई खटाएको छ । सर्वेको काम सकिएपछि मात्र उखु खेतीको क्षेत्रफलबारे यकिन जानकारी हुने उहाँले जनाउनुभयो ।

    उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहकका अनुसार यो वर्ष कारखानाले नयाँ रेट ५४० रुपियाँको दरले समयमै भुक्तानी दिनु सकारात्मक पक्ष भए पनि उखुको उचित मूल्य नपाउँदा किसानमा अझै नैराश्य छाएको प्रतिक्रिया दिनुभयो ।

    उहाँका अनुसार एकातिर खडेरीको प्रकोपले गत वर्षदेखि उखु उत्पादनमा ह्रास आउँदै गएको छ । अर्कोतिर उखु खेतीका लागि आवश्यक मल, बीउ, मजदुरी, इन्धन र ढुवानी खर्च आकासिएकाले ५४० रुपियाँ रेटले खर्च पनि उपर हुँदैन ।

    यसैलाई आधार बनाएर उखु उत्पादक कृषक सङ्घ तथा महासङ्घले उखुको पुराने मूल्यमा ११० रुपियाँ थप गरी प्रति क्विन्टल सात सय रुपियाँ पुर्‍याउनुपर्ने माग राख्दै आएका थिए । तर मिलले ५४० र सरकारले अनुदान वापत ७० रुपियाँ दिने गरी प्रति क्विन्टल उखुको नयाँ मूल्य ६१० रुपियाँ निर्धारण गरिएको छ ।

    अनुदान बापतको ७० रुपियाँ भने सरकारले दसैँ तिहार बितेपछि भुक्तानी दिने गरेको छ । समयमै भुक्तानी नपाउँदा सरकारी अनुदानको अनुभूति गर्न नपाएको उखु किसानले गुनासो गर्दै आएका छन् ।

     

     

    गोरखापत्र अनलाइन/साभार

    Post Views: 266
    प्रकाशित मिति: २०८१ बैशाख २४, सोमबार १४:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.