• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गीतकार डम्बर याक्सोको कविता संग्रह ‘मेरा मनका अव्यक्त भावहरू’ लोकार्पण

  •  माउण्टेन संवाददाता
  • २०८१ बैशाख १८, मंगलवार १९:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । कवि तथा गीतकार डम्बर याक्सोको कविता संग्रह ‘मेरा मनका अव्यक्त भावहरू” लोकार्पण भएको छ । ललितपुरको युङ्चा हिम रेस्टुरेन्टमा एक विशेष समारोहबीच प्रमुख अतिथि कवि तथा प्राज्ञ श्रवण मुकारुङद्वारा पानसमा बत्ती बालेर उक्त कृति लोकार्पण गरिएको हो।

    प्रमुख अतिथि श्रवण मुकारुङले उक्त कृतिमाथि बोल्दै यक्सोको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह वा जटिल नभएको बताउनुभयो । मुकारुङले भन्नुभयो, “यी सरल, सुन्दर, सटिक र बोधगम्य छन् । जसले स्वयं पाठकसित सिधै संवाद गर्ने क्षमता राख्दछन् ।

    यस कृतिले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण गरेको छ ।” उहाँले “बुध्दले भन्नुभए झैं मानिसको जीवनमा दुःख छ । दुःखको कारण छ । त्यसको निवारण पनि छ र निवारणमा पुग्ने बाटो छ । तर बाटो अलग बताए । कवि याक्सोले चाहिँ अथक संघर्षले नै दुःखलाई पराजित गर्न सकिने कुरा कवितामा सङ्केत गर्नुभएको” बताउनुभयो ।

    कार्यक्रममा वरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राई, वरिष्ठ संगीतकार दिनेश काजी बान्तवा, साहित्यकार प्राज्ञ लक्ष्मी उप्रेती, गोपिकृष्ण प्रसाई र याक्थुङ चुम्लुङका प्रतिनिधि क्याप्टेन टंकबहादुर चोबेगुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संयोजन जीवन मुकारुङले गरेका थिए भने सुस्मिता याक्सो कन्दङ्वाले कार्यक्रम संचालन गर्नुभएको थियो |

    Post Views: 232
    प्रकाशित मिति: २०८१ बैशाख १८, मंगलवार १९:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बर्दिया भुरिगाउँकी बालगायिका उपाध्यायको ‘म फूलहरुको बीचमा’ बोलको गीत सार्वजनिक
    हात्ती सचेतना हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
    तीज विशेष/ दर..!!
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.