• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

तीज विशेष/ दर..!!

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८२ भाद्र ७, शनिबार १३:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+
    आमा,दिदीबहिनीहरु!
    हरितालिका तीज आएको छ
    सर्वत्र उमङ्ग छाएको छ
    घर घरमा
    दर खाने लहर छ
    खाऊ
    मिठो मसिनो खाऊ
    आफन्त प्रिय जनका घर जाऊ
    वस्त्र आभूषणले
    खुब सिगार
    आफूलाई सजाऊ
    आमा दिदीबहिनीहरु!
    कमाउने नि हो
    रमाउमे नि हो
    बर्षभरि कमाऊ
    महिनाभरि रमाऊ
    खाऊ,नाच,गाऊ
    आफूलाई मन पर्ने सङ्गीत
    आफ्नो मन छुने गीत
    र आफ्नै नृत्यको तालमा
    आफूखुसी रमाऊ
    मलाई थाहा छ
    चुडाल्दै युगौदेखिको बन्धन
    तिमी स्वतन्त्रताको पथमा छौ
    यदाकदा
    तिम्रा पदचापहरुले
    परम्परा भत्काएका छन्
    सङ्गति तोडेका छन्
    तिमी स्वच्छन्दताको पथमा छौ
    र त तिम्रो उमङ्गलाई
    यहाँ विसगङति मान्नेहरू छन्
    विकृति भन्नेहरु छन्
    दिदीबहिनीहरु!
    म तिम्रो स्वतन्त्रताको पक्षधर हु
    म तिम्रो अग्रगामी चेतलाई
    म सलाम गर्छु
    तिम्रो मुक्तिको यात्रालाई
    म सम्मान गर्छु
    तर कहिलेकाही
    प्रश्न गर्न मन लाग्छ
    कतै तिम्रो स्वतन्त्रता
    पूजी बजारले किन्न त किनेन?
    तिम्रो मुक्तिकामी चेतना
    पूजी बजारले छिन्न त छिनेन?
    हुने खनेहरुले
    महिनाभरि भोज गर्दै गर्दा
    रस,रङ्ग र मोज गर्दै गर्दा
    हुँदा खानेहरुको
    चुलो बल्यो कि बलेन
    वेदनाले मन
    जल्यो कि जलेन
    दिदीबहिनीहरु!
    यसपटक दर खादै गर्दा
    तिम्रो मन मस्तिष्कमा
    यो सम्वेदनाले
    छोयो कि छोएन?
    घर गर्यो कि गरेन ?
    Post Views: 270
    प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार १३:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.