बर्दिया प्रहरीले २४ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ। बैसाख १७ गते राति गस्तीका क्रममा राति करिव १० बजेट बर्दियाको बढैयाताल गाउँपालिका बडा नं २ फटाहा नजिक २ जना शंकास्पद व्यक्ति देखे पछि सोधखोज र शरिर खानतलासी गर्दा २३ ग्राम ९ सय ५० मिलिग्राम (लागुऔषध) खैरो ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक प्रबिण धितालले बताए। पक्राउ पर्नेमा बाँके जिल्लाको बैजनाथ गाउँपालिका बडा नं ४ बस्ने २९ बर्षिय तपेन्द्र पुन र २५ बर्षिय महेश चौलागाईं रहेको प्रहरी उपरीक्षक धितालले भने । चेकजाँचका क्रममा तपेन्द्र पुन को साथबाट ब्राउन सुगर बरामत गरिएको र पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भई रहेको समेत प्रहरी उपरीक्षक धितालले जानकारी दिए।





