• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियामा लोक सेवा आयोग तहको निशुल्क तयारी कक्षा सन्चालन

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र १७, शनिबार १०:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, चैत १७ गते ( माउण्टेनसमाचार) / बर्दिया जिल्लाको गुलरियामा चैत १७ गते आज देखि लोक सेवा आयोग तहको निशुल्क तयारी कक्षा सन्चालन भएको छ। लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज बाँके को आयोजनामा कार्यक्रम संचालन हुन लागेको सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज बाँकेका प्रमुख उद्धव प्रसाद श्रेष्ठले बताए।

    गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका बस्ने स्थानीयहरुलाई मात्र सहभागी रहने यस निशुल्क तयारी कक्षा गुलरिया नगरपालिका बडा नं ८ को महाकवि देवकोटा माध्यमिक विद्यालयमा संचालन हुने ३५ दिन सम्म चल्न यस निशुल्क तयारी कक्षामा करिब ४ सय ६४ सहभागी रहने र यी मध्य नायब सुब्बामा २ सय १० जना खरिदारमा १ सय ८६ जना र वन रक्षकमा ६८ जना सहभागी रहेको श्रेष्ठले जानकारी दिए।

    लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव थानेश्वर ज्ञवालीले भने निरन्तर अध्ययन गरेर मात्र लोक सेवा आयोगमा नाम निकाल्न सकिने उनले बताए। ज्ञवालीले भने निरन्तर अध्ययन गरे जस्तै एक पटकमा असफल भए पनि निरन्तर लोक सेवा आयोगको परिक्षा दिइरहन सहभागीलाई सुझाव दिए ।

    लोक सेवा आयोग परिक्षा गाह्रो हुने भएकोले ३५ दिने निशुल्क तयारी कक्षा कम समय भएकोले समय बढाउन पर्ने जिल्ला समन्वय समित बर्दियाका प्रमुख सूर्य बहादुर बिष्टले सुझाव दिए।

    यस क्षेत्रका युवालाई रोजगारको एक खुड्किलो रहोस् भन्ने उद्देश्यका साथ यो लोक सेवा आयोगको निशुल्क तयारी कक्षा सन्चालन गर्न लागिएको लुम्बिनी प्रदेश सांसद राजकुमार चौधरीले बताए। सहभागीताको लागि धेरैको निवेदन आएकोले सक्दोको सहभागीलाई समेटेको चौधरीले भने । लोक सेवाको परिक्षा कडा हुने भएकोले कडा परिश्रम गरेर अध्ययनलाई बढि समय दिए पक्कै आयोगमा नाम निकाल्न सफल हुन सक्ने चौधरीले सुझाव दिए।

    कार्यक्रममा जिल्ला समन्वय समित बर्दियाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, जिल्ला समन्वय समित बर्दियाका उपाध्यक्ष अनिता यादव, गुलरिया नगरपालिकाका उप प्रमुख साबित्रा गौतम लगायतको उपस्थिती रहेको थियो।

     

    Post Views: 646
    प्रकाशित मिति: २०८० चैत्र १७, शनिबार १०:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.