• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

०६२/०६३ जनआन्दोलनका शहिद यमलाल लामिछानेको सालिक शिलान्यास

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र १६, शुक्रबार २३:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, चैत १६ गते ( माउण्टेनसमाचार) ०६२/०६३ जनआन्दोलनमा सहादत हुनुभएका यमलाल लामिछानेको सालिक बर्दियाको गुलरियामा आज एक कार्यक्रम बिच शिलान्यास गरिएको छ । बर्दियाको सदरमुकाम गुलरियामा भएको जनआन्दोलनमा शहिद भएका लामिछानेको १७ बर्ष पछि सालिक शिलान्यास गरिएको हो ।

    शहिद यमलाल लामिछाने स्मृति प्रतिस्ठान बर्दियाले आज आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं पुर्व मन्त्री तथा संघीय सांसद संजय कुमार गौतमले विधिगत रुपमा सालिकको शिलान्यास गर्नु भएको छ । कार्यक्रममा बोल्दै गौतमले ०६२/०६३ को जनआन्दोलन ७ दलको संयुक्त आन्दोलन भएको र आफु पनि नेतृत्वमा रहेको कुरा बताए । गौतमले भने सहिद यमलाल लामिछानेको योगदान का बाबजुद नै हाल आएर आज मन्त्री, सांसद, मेयर, उपमेयर बन्नु शहिदकै योगदान रहेको उनले बताए।

    संघमा माननीयहरुको संख्या धेरै भएकोले यस बिषयमा गहन रुपमा सोच्न सांसद गौतमले सबै पार्टीका नेतृत्वहरुलाई यर्थातमा गएर मनन् गर्न सुझाव दिनु भयो । सांसद गौतमले लामिछानेको सालिक सिलान्यास मात्र नभएर पछि सम्म पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बर्दिया जिल्लामा धेरै विकासको सम्भावनाहरु रहेको भन्दै सबै मिलेर गर्नु पर्ने समेत गौतमले भने ।

    २०६२/०६३ को जनआन्दोलनमा देशैभरी २४ जनाले सहादत प्राप्त भएकोमा जस मध्ये बर्दियाका यमलाल लामिछाने पनि रहेको शहिद यमलाल लामिछाने स्मृति प्रतिस्ठान बर्दियाका अध्यक्ष भुमिराज लामिछानेको बताए । वहाँले गुलरियाको राधाकृष्ण चोक देखी तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा जनआन्दोलनको क्रममा तन्कालिन सुरक्षाकर्मीको गोली लागि लामिछानेले सहादत प्राप्त गरेको अध्यक्ष लामिछानेले बताए । लामिछानेको शवलाई यसै चोकमा राखी त्यतीबेलादेखी शहिद यमलाल चोक नामकरण गरिएको अध्यक्ष लामिछानेले बताउनु भयो ।

    कार्यक्रममा संघीय सांसद गिता बस्नेत, पुर्व सांसद लिला राना,

    नेपाल कम्युनिष्ट पार्टी समाजवादी बर्दियाका जिल्ला अध्यक्ष प्रेम पोखे्रल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सचिव सालिकराम अधिकारी, नेपाली काँग्रेश जिल्ला समिति बर्दियाका प्रतिनिधि तथा गुलरिया नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सुधान्सु प्रकाश शर्मा समेतको उपस्थिती रहेको थियो ।

    यसै गरि शिलान्यास कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत विमल गुरुङ्ग, गुलरिया नगरपालिका वडा न. २ का वडा अध्यक्ष टंक अधिकारी, वडा न. ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल लगायत बुद्धिजिवि, तथा समाज सेवीहरुको पनि सहभागीता रहेको थियो ।

    Post Views: 306
    प्रकाशित मिति: २०८० चैत्र १६, शुक्रबार २३:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.