• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया मालपोत कार्यालय प्रमुख बिहिन हुँदा मुद्दा र भुमिसुधारका काम ठप्प,सेवाग्राहीलाई सास्ती

  •  राम प्रसाद चौहान
  • २०८० चैत्र ७, बुधबार २१:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,चैत ७/मालपोत कार्यालयमा लामो समय देखि कार्यालय प्रमुख नहुँदा कामकाज ठप्प जस्तै भएको छ । मालपोतमा कार्यालयमा प्रमुख नहुँदा भुमिसुधार, मुद्दा र आर्थिक कामकाज कामकाज ठप्प भएका छन् भने सामान्य प्रकृतिका मात्र सूचारु छन् । कार्यालय प्रमुख नहुँदा जिल्लाको टाढा टाढाबाट आउने सेवाग्राही दुःख पाएर फर्किन बाध्य भएका छन् ।

    मालपोतका कार्यालय प्रमुख सरुवा भएको २१ दिन बितिसक्दासमेत अर्का कार्यालय प्रमुख आएका छैनन् । मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुखका अनुसार विभागले अझैसम्म कार्यालय प्रमुखमा को आउने तोकेकै छैन । सम्बन्धित निकायको लापरवाहीले सेवाग्राही दुःख पाईरहेका छन् ।

    गत फागुन १६ गते मालपोत कार्यालयका कार्यालय प्रमुख मदन घिमिरे सरुवा भएर अन्त गएपछि विभागले अर्को कार्यालय प्रमुख अझैसम्म पठाएको छैन । जिल्लाकै भिडभाड हुने कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका नरेश कुमार तिवारीले काम थेग्न नसक्ने अवस्थामा रहेको बताउँछन् । कार्यालय प्रमुख नआउँदा धेरै काम पेन्डिङ्गमा रहेको जनाए ।

    भुमिसुधारको सम्पुर्ण कामकाज ठप्प रहेको निमित्त कार्यालय प्रमुख तिवारीले बताए । ‘मुद्दा फाँटको जटिल काम रोकिएका छन्’निमित्त कार्यालय प्रमुख तिवारीले भने,‘त्यसैगरि आर्थिक कामकाज ठप्प रहेको छ ।’ कार्यालय प्रमुख नहुँदा कर्मचारीले तलबसमेत नपाएको उनले जनाए । सबै काम गर्ने अधिकार निमित्त प्रमुखलाई हुदैन र अधिकार रहेको सामान्य काम गरिरहेको निमित्त प्रमुख तिवारीले सुनाए ।

    ‘कार्यालय प्रमुख नहुँदा कामकाज ठप्प रहेको विभागलाई पटक पटक जानकारी गराएको छु’निमित्त प्रमुख तिवारीले भने,‘त्यसैगरि सिडिओ साबलाई भेटेर जानकारी गराएको छु ।’ मंगलबार बिहान पनि विभागको महासचिवसंग कुरा गरेको छु । विभागले कार्यालय प्रमुख तोक्नको लागि फाईल भुमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको जवाफ दिनु भएको छ । सम्भवतःछिट्टै कार्यालय प्रमुख आउने तिवारीले जनाए ।

    Post Views: 301
    प्रकाशित मिति: २०८० चैत्र ७, बुधबार २१:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.