बर्दिया, चैत ७ गते / राष्ट्रिय मुक्ती क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले आयातित विचारधाराका कारण देश बन्न नसकेको ठोकुवा गरेका छन । अभियान संचालनका क्रममा आज चैत ७ घते बर्दियाको गुलरियामा पत्रकार संगको भेटघाटमा उनले कांग्रेस, माओबादीले विदेशी विचारधाराले सत्ता संचालन गरकै कारण देश नबनेको बताएका छन । उनले भने “यो देशको शासन इम्र्पोटेट गरिएको विचार हो, यो धर्तिमा बनाइएको विचार नै हैन । त्यो माओ लेनिन यो धर्तिको उपज नै हैन” त्यो कसले अपनायो कांग्रेस कम्युनिष्टले, समाजबादी भन्य छ, साम्यबादी भन्या छ, अनि आफनो विचार खोइ त ?” उनले प्रश्न गरे । नेपालमा स्वदेशबादको आवश्यकता रहेको उनले बताए । यहाँको संस्कृति, सभ्यता अनुसारको विचारले मात्र देश बन्ने उनको तर्क थियो । आफुल नेपालीको पहिचान, अधिकारका लागी रगत बगएको महतोले सुनाए । सडक, सदन हुँदै सरकारमा पुग्दा समेत अधिकार र पहिचानको मुद्धामा खरो तरिकारले उठान गरेको संयोजक महतोले उल्लेख गरे । नेपाल कसैको उपनिवेशमा नपरेको उल्लेख गर्दै उनले यहाँकै एकल नश्लबादीहरुले देशमा सत्ता शासन संचालन गरेको बताए । कांग्रेस र माओवादीलाई लक्षित गर्दै उनले गरिब, पिछडा, थारु, मधेशी, मुस्लिमलाई सासन सत्तामा कहिल्यै पनि पुग्न नदिने दाबी गरे । एकलबाद सोंच, बाहुल राज्यकोको संरचनालाई एकलौटी बनाउने र विदेशी विचारधारा ल्याएर सत्ता संचालन गर्नले नै नेपालीहरु बाहिरीरनु परेको देशको अवस्था नाजुक भएको महतोको निष्कर्ष थियो ।





