बर्दिया, चैत ७ गते (माउण्टेनसमाचार) / गुलरिया १० परसियाकि दसिया थारु बर्दिया अस्पताल भर्ना भईन , । दसियालाई चिकित्सकले शरिरमा रगतकाे कमी र पिसाबमा संक्रमण भएकाे बताएका थिए । एक हप्ताकाे अस्पतालकाे बसाईपछि अहिले थारु घर फर्किएकि छिन । बिरामी हुनुभन्दा अघिल्लाे साझ भारतिय सिमा क्षेत्र चित्लहवा बाट बैखा ( पंगास ) जातकाे माछा ल्याई खाएकाे थिईन । माछा खाएकाे केही घण्टा पछि उनि बिरामी भईन त्यसकाे भाेलिपल्ट उनलाइ अस्पताल ल्याईएकाे हाे ।

बर्दियाकाे गुलरियामा समेत भारतिय बैखा जातका माछाको बिक्रि बितरण व्यापकरुपमा भईरहेको पाइएको छ । अन्य माछाको तुलनामा सस्तो दरमा पाइने भएपछि बैखा माछाको बिक्रि बितरण व्यापकरुपमा भई रहेको हो ।
माछा ब्यापारिका अनुसार नेपालगंज नाका हुदै भित्र्याइने बैखा जातका माछा गुलरियामा महिनौ दिन पछि बिक्रि गरिदै आएको छ ।
भारतबाट भित्र्याइ यस क्षेत्रमा बिक्रि बितरण गरिदै आएका यी माछा खाँदा बिभिन्न रोगहरु समेत लाग्न सक्ने स्वास्थ्यकर्मीहरु बताउछन ।
भारतबाट भित्र्याइने बैखा माछा स्थानीय सरकारले निषेध नै गर्नु पर्ने बर्दियाका माछा उत्पादन ब्यवसायि बताउछन । यी माछालाई स्थानीय सरकारले पूर्णरुपमा बिक्रि बितरणमा रोक लगाउन आवश्यक रहेको उनिहरुले भने ।
मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ ।
यस रसायनले मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्याउँछ । विशेष गरेर भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झन्डै ४/५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरूले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् ।
तर, यस्तो फर्मालिन हालेको माछाको प्रयोग मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । चिकित्सकका अनुसार यसले विशेष गरी मुटु र मिर्गौलालाई असर गर्छ । यसै गरी पेट पोल्ने, पाचनशक्ति कमजोर गराउने, अल्सर हुनेसहित स्नायुमा समेत असर गर्ने गर्छ । तर त्यस्ता माछा खुलेआम बजारमा बिक्री भइरहेको छ ।
नेपाली माछाहरूमा विषादीको प्रयोग नगरिने भएकाले केही दिनमा गन्हाउन थाल्छ । तर भारतबाट भित्रिएका माछामा फर्मालिन राखेर लामो समयसम्म नबिग्रिने बनाइन्छ । फर्मालिनको मात्रा बढी हुँदा क्यान्सर रोगको जोखिम हुन्छ । त्यस्तो माछा महिना दिनसम्म राख्दा समेत गन्हाउँदैन । नाकामा क्वारेनटाइन सेवा एकदमै फितलो हुँदा माछा जाँच नै नभई भित्रिरहेको छ । त्यति मात्र हैन, नाकामा माछा जाँचका लागि कुनै पनि इक्युपमेन्ट नै छैन ।
यस्तो अवस्थामा उपभोक्ता अाफै सचेत हुनु पर्ने बेला अाएकाे छ । नेपाली र भारतीय माछा पहिचान गर्न सकिन्छ । भारतबाट आयातित माछा उस्तै आकारका देखिने गरी ग्रेडिङ गरिएका हुन्छन्। नेपाली माछा भने ग्रेडिङ गरेर बेच्ने चलन छैन। त्यसैले नेपालका माछा एकै ठाउँमा विभिन्न आकारका हुन्छन्।
भारतबाट ल्याइएका माछा लामो समयदेखि रहेको र विषादीको प्रयोग गरिएका कारण आँखा गढेका हुन्छन्। नेपाली माछा केही समय पहिलेका मात्र हुने भएकाले आँखा चम्किला देखिन्छन्। त्यसैले उपभोक्ताले माछा किन्दा पैसा भन्दा पनि मानिसको स्वास्थ्यलाई ख्याल गरेर नेपालमै उत्पादित माछा किन्नु पर्ने बेला आएको छ ।




