बर्दिया,चैत ४ (माउण्टेनसमाचार)/ लागु औषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्रउ गरेको छ । मधुवन नगरपालिका बस्ने ललित बहादुर गुरुङ्गलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सानोश्रीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक बाल बहादुर थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले गुरुङ्गलाई नियन्त्रणमा लिएको हो ।
अदालतले २०८० साल बैशाख ६ गते ७ महिना ८ दिन कैद सजाय र रु २ सय जरिवाना तोको थियो । कैद र जरिवाना तोकेको दिन देखि गुरुङ्ग फरार रहेका थिए । आफ्नै घरवतनमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गुरुङ्गलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम आर्यालले जानकारी दिए ।




