• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा नगरपालिका ४ मैनवार गाउँका स्थानीयलाई विद्युतीय चुल्हो वितरण

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २९, मंगलवार ०८:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गोविन्द बहादुर थापा, बर्दिया, फाल्गुण २९ गते / ठाकुरबाबा नगरपालिका ४ मैनवार गाउँका स्थानीयलाई विद्युतीय चुल्हो वितरण गरिएको छ ।

    बबई उपभोक्ता समिती मातहतको मैनवार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरुलाई फागुन २८ गते एक कार्यक्रमका बिच विद्युतीय चुल्हो वितरण गरिएको हो । मैनवार गाउँका १ सय ४३ घरधुरीलाई चुल्हो वितरण गरिएको बबई उपभोक्ता समितीका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिनुभयो ।

    सोमबार एक कार्यक्रमकाबीच बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोकरामले मैनवार मध्यवर्ती सामुदायिक वन समुहमा आवद्ध १ सय ४३ सदस्यहरुलाई विद्युतीय चुल्हो वितरण गर्नुभएको हो ।

    पछिल्लो समय राष्ट्रिय निकुञ्जसँगसँगै सामुदायिक वन क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेसँगै मानवीय क्षति कम गर्न र मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरण गरी सहअस्तित्व कायम गराउने उद्देश्यले विद्युतीय चुल्हो वितरण गरिएको अध्यक्ष खनालले बताउनुभयो ।

    विद्युतीय चुल्हो पाएसँगै समुहका सदस्यहरुले खुशी व्यक्त गर्दै वन संरक्षणमा हातेमालो गरेर अघि बढ्ने बताएका छन् । चुल्हो वितरण गरिएसँगै कसरी प्रयोग गर्ने भन्ने बिषयमा जानकारी समेत गराइएको उहाँले बताउनुभयो ।

    मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणमा सहयोग पुग्नुकासाथै दाउराको खपत घटाई वैकल्पिक उर्जाको प्रयोग बढाउन र भान्सा गर्दा दाउराको प्रयोगबाट निस्कने धुँवाका कारण स्वास्थ्यमा पर्ने असर कम हुने अपेक्षा गरिएको जनाइएको छ ।

    चुल्हो वितरण कार्यक्रममा मैनवार मध्यवर्ती सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष क्रिमलाल थारुको अध्यक्षता एवम् बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोकरामको प्रमुख आतिथ्ययता तथा पूर्व राष्ट्रिय सभा सदस्य रंगनाथ जोशीको बिशेष अतिथ्ययता रहेको थियो ।

    Post Views: 322
    प्रकाशित मिति: २०८० फाल्गुन २९, मंगलवार ०८:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.