• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हार्दिक बधाई तथा शुभकामना छ मनऋषि धितालको लेखनीलाई

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८० फाल्गुन २६, शनिबार १५:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पत्रकार मनऋषि धिताल अहिले नेपाली बौद्धिक जगतमा चर्चामा छन् । २०५२ सालमा नेपालमा माओवादीहरुले सशस्त्र विद्रोहको प्रारम्भ गरे जसलाई उनीहरू जनयुद्ध भन्छन् ।मनऋषि धितालले उक्त जनयुद्धको संचार मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गरे।युद्ध पत्रकारिताको मोर्चामा अब्बल उत्रेका धिताल निष्ठावान कम्युनिस्ट र सिर्जनशील लेखक हुन् ।यो कुरा उनले आफ्नो कर्मबाट नै प्रमाणित गरेका छन् ।नेपाली इतिहासको आधुनिक कालखण्डमा सम्पन्न एउटा सशस्त्र क्रान्तिका परिघटनाहरुलाई जीवन्त दस्तावेजमा लिपिबद्ध अनुबाद गर्नु निश्चितरूपमा कठिन कर्म हो।एकातिर युद्धको समयमा उनले गरेको समर्पण र उत्सर्ग स्मरणीय छ , अर्कोतिर आफ्नो जेल जीवनमा उनले जुन सार्थक सिर्जना गरेका छन् ,त्यो आफैमा अनुपम र ऎतिहासिक छ।जीवनका अनेक मोडहरुमा अविचलित संघर्ष गर्दै स्पात बनेका मनऋषि धिताल को सिर्जशीलताले निश्चय पनि नेपाली बौद्धिक जमातलाई विस्मित तुल्याएको छ। एकैपटक सात सात पुस्तक ल्याएर प्रकट हुनु चानचुने कुरा हुदै होइन।त्यसैले अहिले उनी नेपाली सिर्जनाको क्षेत्रमा एक अथक साधक सिद्ध भएका छन् ।
    जीवन आफैमा एउटा महान प्रयोगशाला रहेछ ,यसले मानिसलाई अनेक परिवेशमा परिक्षण गर्दो रहेछ।जीवनले पाउने समय ,समाज र परिवेशले उसको स्वरूप निर्धारण गर्दा रहेछन् ।म आज स्मृतिको गहिराइमा गएर मनऋषि धितालको जीवनको परिवेश नियालीरहेको छु।मेरो पिताजी पढ्ने उत्कण्ठाका कारण घर छोडेर भाग्नु भयो।१२ बर्षपछि शास्त्री पढेर उहाँ फर्केर घर आउनु भयो ।भारतबाट आएपछि उहाँ जुम्लामा हाम्रो परम्परागत पेशा भेडापालन तथा खेतीपातीमा जम्न सक्नुभएन ।त्यसैले उहाँ बर्दिया झर्नु भयो।हाम्रो परिवार २०३३ सालमा तराई सरेको हो ,म त्यतिबेला ५ बर्षको थिए ।मेरो सम्पूर्ण बाल्यकाल बर्दियाको गोलामा बित्यो ।मैले जन्मभुमि जुम्लालाई पछिमात्र चिनेको हु। बर्दियास्थित हाम्रो घर त्यतिबेला हाम्रा जुम्ली आफन्तहरुको सामुहिक घरजस्तो थियो ।प्रत्येक हिउँदमा जुम्लीहरु राजापुर आउनै पर्ने परिस्थिति हुने हुनाले त्यस्तो वातावरण बन्ने गर्थ्यो,जसको मिठो अनुभूति मेरो मानसपटलमा अहिले पनि जीवन्त छ।बसाई सराइको क्रम बड्दै गयो ।हाम्रो परिवारका केही सदस्यहरू कैलाली झर्नु भयो । कैलालीमा रन्नचन्न बाजेको नाम खुब सुनिन्थ्यो,भेट हुन सकेन।बर्दियामा पछि अन्कल आदिचन्द्र धिताल बसाइ सर्नुभयो।उहाँ पहिलोपटक हाम्रो घरमा आएको मिठो सम्झना मेरो हृदयमा अमिट छ ।उहाँ स्वास्थ्यकर्मी हुनुहुन्थ्यो ,उहाँलाई सबैले डाक्टर भनेर चिन्थे।डाक्टर अन्कलको बर्दिया आगमनले हाम्रो परिवारले दरिलो आड भरोसा पाएको अनुभूति गरेको थियो।अब हाम्रा आफन्तहरुको तराईमा बसाइ सरेर आउने क्रम बढ्न थाल्यो ।२०४४ सालमा हाम्रो परिवारका धेरै सदस्यहरुले सामुहिक रूपमा पाताभारमा जमिन किने ,यसै बर्ष परिवारका अग्रज अभिभावकहरुसगै मैले जुम्ला जाने अवसर पाए ।जेठाबुबा सर्पानन्द धिताल र नैनानन्द धितालको नेतृत्वमा अन्कलहरु दीपराज धिताल ,शिवचन्द्र धिताल र दाजु पूर्ण धितालका साथमा दस दिन पैदल यात्रा गर्दै जुम्ला पुगेको थिए।
    धिताल लिहीमा हामी राति पुग्यौं ।राति हिउँ पर्यो।बिहान आकाश खुला थियो।सम्पूर्ण दृश्य सेताम्य थियो।मेरो घरको नजिक एउटा खोला छ।स्थानीयहरु त्यसलाई खोलारुख भन्छन् ।राति जेठाबुबाले आफ्नो घरमा म पनि जुम्ला पुगेको सुनाउनु भएछ ,बिहानै एउटा सानो बालक सुन्दर र निर्दोष अनुहार ल्याएर मलाई भेटन आइपुग्यो ,ऊ त्यही मनऋषि धिताल थियो मेरो भाइ ,मेरो सानो साथी ।आज उनी एक उदाहरणीय लेखक ,संघर्षशील राजनैतिक कार्यकर्ता र संचारक्षेत्रका अगुवा नेता बनेका छन् ।मेरो तर्फबाट उनलाई सम्पूर्ण रूपमा बधाई तथा शुभकामना छ।

    Post Views: 370
    प्रकाशित मिति: २०८० फाल्गुन २६, शनिबार १५:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.